तिहारले छपक्कै छोपिसक्यो । झिलिमिली बत्ती, थरिथरिका फूलमाला, मिठाई र मसलाले सिँगारिएका छन् सहर । सेलिब्रेटीलाई तिहार नलाग्ने कुरै भएन । किनमेलदेखि गाउँ फर्किनेसम्मको हतारो उनीहरुमा देख्न सकिन्छ । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहारमा लक्ष्मीको पूजा, देउसीभैलोमा रमाउनेदेखि दिदीबहिनीसँग भाइटीका थापिन्छ । तिहार मनाउने सबैको आ–आफ्नै योजना छ । कलाकारको भने तिहार योजना यस्तो छ ।शैलेन्द्र सिंखडा (हास्य कलाकार) :तिहार मेरो मनपर्ने पर्व हो । देउसी भैलो पनि असाध्यै मनपर्छ । पछि