उमेरले ३० काटेपछि शरीर कमजोर हुन थाल्छ । यस उमेरसम्म आइपुग्दा शरीरमा अनेकौं किसिमका परिवर्तन आउन थाल्छन् । ती परिवर्तन शारीरिक र हर्मोनल दुवै हुन सक्छन् ।
यस्तो बेलामा स्वास्थ्य कायम राख्नका लागि विशेष खानेकुराहरू खानुपर्छ । यहाँ हामी त्यसको चर्चा गर्नेछौं ।
सुन्तला
एन्टी अक्सिडेन्टले भरिएको सुन्तलाले इम्युनिटी बढाउने काम गर्छ । यसले तौल घटाउन र मुटुको रोगबाट बचाउन पनि सहायता गर्छ ।
बुर्काउली
बुर्काउली भिटामिनको भण्डार हो । यसले हाड बलियो बनाउन सहायता गर्छ । अनि रोगसँग लड्नका लागि यसले शरीरक...