क्रिकेट विकासमा सघाउन आएको आईसीसी अध्यक्ष बार्कलेको भनाइ

काठमाडौँ : अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सघाउन आफू नेपाल भ्रमणमा आएको बताएका छन्।भारतको राजधानी नयाँ दिल्लीबाट आज (सोमवार) काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए।विमानस्थलमा उनले सञ्चारकर्मीसँग नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने आफ्नो भ्रमणको उद्देश्य रहेको बताए।तीनदिने भ्रमणका क्रममा उनले नेपाल

सम्बन्धित सामग्री

आईसीसी विश्वकप क्रिकेट लिग–२ : युएईमाथि नेपालको जित

काठमाडौं, २२ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । जवाफमा युएई ४५ ओभरमा सबै विकेट […]

आसिफले पाए आईसीसी स्प्रिट अफ क्रिकेट अवार्ड, के भएको थियो ?

काठमाडाैँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘स्पिरिट अफ क्रिकेट अवार्ड’  (खेल भावना अवार्ड) प्रदान गर्ने भएको छ। बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको आईसीसीले जनाएको छ। के भएको थियो गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध आसिफले खेल भावना देखाउँदै […]

आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

२१ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा […]

आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि अष्ट्रेलियामा सुरू हुँदै

काठमाडौं । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहँदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका […]

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालविरुद्धको खेलमा नामिबियाले टस जित्यो

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा नामिबियाले टस जितेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २: यूएईकाे सामना गर्दै नेपाल

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) काे सामना गर्दैछ। सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल शृंखलामा लगातार दोस्रो जीत निकाल्ने दाउमा छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जीत निकालेको थियाे। नेपालले पीएनजीलाई २ विकेटले हराएको हाे। यूएईसमेत लगातार दोस्रो […]

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदै

काठमाडौं, असोज ३१ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताअन्तर्गत पहिलो चरणका दुई खेलहरु हुँदैछन् ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु […]

‘आईसीसी विश्वकप क्रिकेट लिग टु’का लागि नेपाली टोलीको घोषणा

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलो पटक […]

ओलम्पिकमा क्रिकेट समावेश गराउने 'मुड'मा आईसीसी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल 'आईसीसी' ले ओलम्पिकमा क्रिकेटलाई पनि सहभागी गराउने सोच बनाएको छ। यसका लागि तयारी अघि बढाएर सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा सहभागिताको लागि सोच बनाएको आईसीसीले जनाएको छ। क्रिकेटलाई ओलम्पिकमा समावेश गराउन आईसीसीले समिति समेत गठन गरेको छ। ३० मिलियन भन्दा बढी क्रिकेट समर्थक रहेको अमेरिकामा २०२८ मा…

आईसीसी विश्वकप क्रिकेट लिग–२ एक वर्षका लागि स्थगित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जुलाई अन्तिम सातादेखि स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित भएको छ। कोभिड–१९ को कारण तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका सचिव अशोकनाथ प्याकुरेलले श्रृंखला जुलाई २०२२ सम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्। श्रृंखलाको तयारीका लागि नेपालले मंगलबारदेखि प्रशिक्षण समेत सुरु गरेको थियो।