बार्सिलोनालाई गत वर्ष ८६ मिलियन पाउन्ड नाफा

स्पेनिस क्लब बार्सिलोनाले गत वर्ष ८६ मिलियन पाउन्ड नाफा गरेको जनाएको छ। साथै उसले आगामी वर्ष २ सय ४० मिलियन पाउन्ड नाफा गर्न सक्ने जनाएको छ। गत समरमा बार्सिलोनाले लालिगाको फाइनान्सियल नियमका कारण खेलाडी अनुबन्धन गर्न पाएको थिएन। उसले करिब ४ सय २२ मिलियन पाउन्ड घाटा भोगेको जनाइएको थियो। क्लबका अनुसार सन् २०२१-२२ को आर्थिक […]

सम्बन्धित सामग्री

अभियान लघुवित्तको नाफा गत वर्ष ९६ प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ९६ प्रतिशतभन्दा बढीले घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८७ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन नाफा ९८ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ करोड ६७ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ३ लाख २८ हजार रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो । हाल कम्पनीको चुक्ता पूँजी २५ करोड छ । रिटेन्ड अर्निङ ६३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ३ करोड ३७ लाख रुपैयाँभन्दा बढी कायम छ । गत चौथो त्रैमाससम्म कम्पनीले २० करोड ८४ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब ७७ करोड २३ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष २ दशमलव ६० प्रतिशत रहेकोमा गत वर्ष बढेर ४ दशमलव ८९ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ९५ पैसा छ ।  रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

कालिञ्चोक दर्शनको नाफा गत वर्ष करीब ११५ प्रतिशत बढ्यो

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ११४ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १ करोड ४८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको आम्दानी करीब ३४ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ करोड ६७ लाख रुपैयाँभन्दा बढी रहेको आम्दानी गत वर्ष ७ करोड ५९ लाख रुपैयाँभन्दा बढी भएको हो । कुल खर्च अघिल्लो वर्षभन्दा करिब ३९ प्रतिशत बढी अर्थात् १ करोड ८६ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ भने जगेडा कोष रकम १ करोड ८० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा १३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ५ करोड ६० लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा छ ।

शिवम् सिमेन्टको नाफा गत वर्ष ५६ प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म शिवम् सिमेन्ट लिमिटेको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष सोही अवधिमा घटेको छ । अघिल्लो वर्ष ६९ करोड ७ लाख रूपैयाँभन्दा बढी रहेको खुद नाफा गत वर्ष ३० करोड २४ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । गत वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । अघिल्लो वर्ष ९ अर्ब २६ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालनबाट आम्दानी गत वर्ष ७ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी मात्र भएको हो । अन्य आम्दानी समेत अघिल्लो वर्षभन्दा गत वर्ष ६८ दशमलव ६६ प्रतिशत कम ३६ करोड ३५ लाख रूपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३ दशमलव ३० प्रतिशत कम ४ अर्ब ६७ करोड रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रूपैयाँ २३ पैसा छ ।

स्वाबलम्बन लघुवित्तको खुद नाफा गत वर्ष २१ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३३ करोड ९४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा २१ दशमलव २८ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले २७ करोड ९९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको सञ्चालन नाफा भने करीब ११ प्रतिशत घटेको छ । अघिल्लो वर्ष ५८ करोड ७९ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ५२ करोड ५० लाख रुपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । गत वर्ष कर खर्चमा कमी आउँदा कम्पनीको खुद नाफा बढ्न पुगेको हो । अघिल्लो वर्ष ३० करोड रुपैयाँभन्दा बढी रहेको आम्दानी कर गत वर्ष १५ करोड ८९ लाख रूपैयाँभन्दा बढी मात्र भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २५ करोड ७० लाख रुपैयाँभन्दा बढी बढी छ । १५ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँ पुर्‍याएको कम्पनीको शेयर प्रिमियम ८ लाख रुपैयाँभन्दा बढी र रिटेन्ड अर्निङ ५८ करोड २८ लाख रुपैयाँभन्दा बढी छ । जगेडा कोष रकम भने १ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी छ । अघिल्लो वर्षभन्दा करीब ७ प्रतिशत बढी १२ अर्ब ८० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ दशमलव १२ प्रतिशत कम १८ अर्ब २९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष ५ दशमलव ८८ प्रतिशत रहेकोमा गत वर्ष ८ दशमलव ६६ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ३१ पैसा छ भने प्रतिशेयर नेटवर्थ २५२ रुपैयाँ ४६ पैसा छ । रिपोट हेर्न यहाँ क्लिक गर्नुहोला

गत वर्ष साढे ७८ प्रतिशत घट्यो हिमालयन लघुवित्तको नाफा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ७८ दशमलव ५० प्रतिशत कम भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीले ७ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो ।  गत वर्ष कम्पनीको इम्पेयरेमन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष १० करोड ४९ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ७९ प्रतिशत कम २ करोड १९ लाख रुपैयाँभन्दा बढी भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६० लाख ९८ हजार रुपैयाँ छ । ११ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ पुर्‍याएको कम्पनीको शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी र जगेडा कोष रकम १३ करोड ९६ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष अघिल्लो वर्षभन्दा १९ प्रतिशत बढी ४ अर्ब १६ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १५ प्रतिशत बढी ४ अर्ब ४३ करोड ७७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ४७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ३७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

एचआइडीसीएलको नाफा ५.९१ प्रतिशतले बढ्यो

काठमाडौं, २९ माघ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले गत वर्ष भन्दा ५.९१ प्रतिशत बढी नाफा कमाएको हो । गत वर्ष यस कम्पनीले ४२ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसले जलविद्युत […]

बैंकहरुको नाफा बढ्यो : कसको कति ?

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।गत वर्ष सोही अवधिको तुलनामा बैङ्कहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ । यो वर्ष ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ । चालू आर्थिक वर्षको

कामना सेवाको नाफा एक अर्ब

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन नाफा को तुलनामा २१ प्रतिशतको वृद्धि गरेको छ ।बैंकले सो अवधीमा करिब एक अर्ब रुपैयाँ खुद नाफा गरेको जनाएको छ । यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ […]

साढे १० अर्बले बढ्यो वाणिज्य बैंकको नाफा

आर्थिक वर्ष २०७६/७७ मा सबै बैंकहरूले ५२ अर्ब ८० करोड रूपैयाँ नाफा गरेकोमा गत वर्ष नाफा वृद्धि भएर ६३ अर्ब ३० करोड रूपैयाँ पुगेको छ।...

नाडेप लघुवित्तका नाफा ११ करोड

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाडेप लघुवित्त वित्तीय संस्थाले ११ करोड ३७ लाख ६० हजार रूपैयाँ खुद नाफा गरेको छ ।गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । गत वर्ष कम्पनीले यस अवधिसम्म ७ लाख ३३ हजार रूपैयाँ मात्र खुद नाफा गरेको थियो ।गत वर्ष २४ लाख ४८ हजार रूपैयाँ सञ्चालन […]