नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि जारी निर्वाचन आचारसंहितामा समूहगत आधारमा उम्मेदवारको नामावली लेखिएको वा छापिएको सामग्रीहरू हेरी मतदान गर्न पूर्णतः निषेध गरेको छ ।
उम्मेदवारले प्रचारप्रसार गर्दा सामान्य भिजिटिङ कार्ड आकारको पर्चा (दुई इन्च/चार इन्च) बाहेक अन्य कुनै पनि प्रकारको प्रचार सामग्री प्रदर्शन गर्न, प्रचार सामग्री (पर्चा, पोस्टर, पम्पलेट, ब्यानर) प्रयोग गर्न, बाँड्न तथा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, गराउन तथा सभा–जुलुस गर्न गराउन, समूहगत रूपमा छुट्टै भेला बैठक गर्न गराउन नपाइने आचारसंहितामा उल्ल...