भारतका विभिन्न राज्यमा कोरोना संक्रमणदर बढेसँगै पर्सामा पनि संक्रमण बढ्दै गएको छ । डेढ सातादेखि वीरगन्जस्थित नेपाल-भारत सीमामा समेत कोरोना संक्रमितहरूको संख्या दैनिक रुपमा बढ्न थालेको हो । सीमामा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा डेढ सातायता दैनिक रुपमा कोरोना संक्रमण पुष्टि हुन थालेको हो ।