वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका दार्चुलाका आधा दर्जन नाका ७२ घन्टा बन्द गरिने भएका छन् । शनिवार नेपाल-भारतका अधिकारीहरूको दार्चुला सदरमुकाम खलङ्गामा बसेको समन्वयात्मक बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो ।