एनएमबी बैंकको क्यूआर राख्दा बिनाधितो दुई लाख ऋण पाइने

एनएमबी बैंकको क्युआर कोड राख्दा बिनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउन सकिने भएको छ । बैंकले सजिलो क्युआर कर्जा कार्यक्रम अन्तर्गत यस्तो सुविधा ल्याएको हो ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने तयारी

वैदेशिक रोजगारीमा जाने मिटरब्याजको चपेटामा नपरून् भनेर सरकारले बैङ्कबाट बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरेको छ ।

विदेसिने कामदारलाई बिनाधितो ऋण दिने सरकारको तयारी

वैदेशिक रोजगारीमा जाने कामदारलाई महँगो ब्याजबाट जोगाउन दिन लागिएको बिनाधितो ऋण व्यवस्था कार्यान्वयन गर्न सरकार तयार भएको छ।

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण

नेपाल राष्ट्र बैंकले विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने जनाएको छ ।  शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्ताे व्यवस्था गरेकाे जनाएकाे हाे ।

किसानलाई बिनाधितो ऋण : मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न बैङ्कसँग सम्झौता गरेर बिनाधितो किसानलाई ऋण उपलब्ध गराइने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्क लहान शाखाको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पाँच कट्ठादेखि पाँच बिघा जमिन भएका किसानलाई कृषि उत्पादकत्व बढाउन आवश्यकता अनुसार ऋण दिन राष्ट्रिय वाणिज्य बैङ्कले नीति ल्याउनुपर्ने सुझाव

लघुवित्त के हो ? लघुवित्तबाट कसरी लिने बिनाधितो ऋण ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा विभाजन गरेको छ । जसमध्ये एक हो– लघुवित्त वित्तीय संस्था । ग्रामिण क्षेत्रका विपन्न वर्गहरुको आर्थिक स्तर उकास्ने मूख्य उद्देश्य बोकेका यस्ता संस्थाहरु गाउँ गाउँमा गएर सेवा दिइरहेका हुन्छन् । विकट क्षेत्रका गरिबहरुलाई उद्यमी बनाउनका लागि यस्ता संस्थाहरुले बिना धितो ऋण प्रवाह गर्छन । बिना धितो […]

‘किसानलाई बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाउँछौँ’

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन् । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उनले व्यवसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताए । उनले भने “ किसानलाई बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ । यसवर्ष रु दुई अर्ब बिनाधितो ऋण दिने सरकारको नीति छ ।  ”महासङ्घका केन्द्रीय

प्रहरीलाई बिनाधितो ऋण दिँदै वाणिज्य बैंक

काठमाडौं। नेपाल राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीका कर्मचारीलाई बिनाधितो ऋण दिने भएको छ। जसअनुसार अबको पाँच वर्षसम्म बैंकले सबै प्रहरीलाई बिनाधितो ऋण दिने बताएको छ। प्रहरी र वाणिज्य बैंकबीच भएको सम्झौताअनुसार आगामी ५ वर्षसम्म बैंकमा प्रहरीहरुको तलवी बचत खाता सञ्चालन समेत हुनेछ। दुई कम्पनीबीचको सम्झौतामा प्रहरीका महानिरीक्षक निरजबहादुर शाही र बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा अन्य युवालाई कृषि पेशामा आवद्ध गराई समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख भुसालले बताउनुभयो । कृषि पेशा गर्नेलाई बिनाधितो कर्जा प्रर्वाह गर्न कुनै पनि प्रकारको शुल्क नलाग्ने, ब्याजदर पनि दुईदेखि तीन प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख मुख्य प्रबन्धक लेखनाथ भुसालले बताउनुभयो । सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले इन्टरनेट बैंकिङ, एटिएम सेवा, इबिबिएसलगायतका सेवासमेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ । सन्धिखर्क नगरपालिकाको रु ७५ लाख र नेपाल बैंक लिमिटेडको रु ७५ लाख गरी रु एक करोड ५० लाख कृषि पेशा गर्ने युवालाई रु एक लाखदेखि तीन लाखसम्म सुलभ कर्जा प्रदान गरिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ । कोभिडको कारणबाट स्वदेश फर्किएका, हातमा सीप, श्रम र क्षमतावान युवालाई कर्जामा पहुँच पु-याउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो । नागरिकमा वित्तीय पहुँच पु-याउने, पैसा नभएर उद्यमशील हुन नसकेका र वित्तीय पहुँच नभएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्य कार्यक्रमको उद्देश्य रहेको छ । (रासस)

पालिकाको बिना धितो निर्ब्याजी ऋण योजना : कतै प्रक्रिया सुरु, कतै अलमल

काठमाण्डाै - कोरोनाका कारण सिर्जना भएकाे रोजगारीको अभावलाई मध्यनजर गर्दै पालिकाहरुले विभिन्न योजनाहरु अगाडि सारेका छन् ।   भक्तपुरको चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत ३ सय युवालाई ३ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाएको छ । केही दिन अगाडि सम्पन्न  नगर परिषद् बैठकबाट ३ सय युवालाई ३ लाख रुपैयाँसम्म बिनाधितो सहुलियत दरमा ऋण दिने विषय पारित पनि भइसकेको छ । केही दिन अगाडिमात्रै पारित भए पनि नगरपालिकाले प्रक्रिया भने पहिला नै अगाडि बढाइस...