सि.बि.आई.एल. क्यापिटल लिमिटेड बन्यो सिटिजन्स् क्यापिटल लिमिटेड

काठमाडौं, २९ फागुन । सि.बि.आई.एल. क्यापिटल लिमिटेडले प्रचलित नियमहरुको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड कायम गरेको छ । कम्पनीको चौथौ विशेष साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो। नयाँ नामसंगै नयाँ ढंगले ग्राहक वर्गमा विषेश योजनाहरु सहित प्रस्तुत हुन लागेको यस संस्थाको नाम परिवर्तनले संस्थाको ब्रान्डिङलाई थप सशक्त […]

सम्बन्धित सामग्री

सिबिआईएल क्यापिटल अब सिटिजन्स् क्यापिटल

सिबिआईएल क्यापिटल लिमिटेडले नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड राखेको छ। कम्पनीको चौथौ विशेष साधारणसभाले पारित गरेको निर्णय अनुसार सिबिआईएल क्यापिटल लिमिटेडले प्रचलित नियमहरूको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड राखेको ...

माया खोला हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको विक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्न सिटिजन्स् क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी माघ २६ गते बाँडफाँट गरेको थियो । यस कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४ दशमलव ९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट फागुनको पहिलो हप्तादेखि व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ । हाल आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको भनाइ कम्पनीको छ । यस आयोजनाको कुल निर्माण लागत ३ अर्ब रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १३ लाख रूपैयाँ रहेको छ ।  यस कम्पनीको अधिकृत पूँजी १ अर्ब रूपैयाँ रहेको छ भने जारी पूँजी पनि १ अर्ब रूपैयाँनै रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ६६ करोड कायम रहेको छ । कम्पनीमा संस्थापक तर्फ कुल जारी पूँजीको ६६ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको कुल ३४ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा २४ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब कायम भएको छ । अब कम्पनीको शेयर दोस्रो बजारमा सूचीकरणका लागि प्रक्रिया अघि बढ्नेछ ।