माया खोला हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको विक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्न सिटिजन्स् क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी माघ २६ गते बाँडफाँट गरेको थियो । यस कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४ दशमलव ९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट फागुनको पहिलो हप्तादेखि व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ । हाल आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको भनाइ कम्पनीको छ । यस आयोजनाको कुल निर्माण लागत ३ अर्ब रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १३ लाख रूपैयाँ रहेको छ ।  यस कम्पनीको अधिकृत पूँजी १ अर्ब रूपैयाँ रहेको छ भने जारी पूँजी पनि १ अर्ब रूपैयाँनै रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ६६ करोड कायम रहेको छ । कम्पनीमा संस्थापक तर्फ कुल जारी पूँजीको ६६ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको कुल ३४ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा २४ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब कायम भएको छ । अब कम्पनीको शेयर दोस्रो बजारमा सूचीकरणका लागि प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको ‘१० प्रतिशत सिटिजन्स बैंक डिवेन्चर २०९०’ ऋणपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम गर्नका लागि रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंलाई नियुक्त गरिएको बैंकले जनाएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

मायाखोलाको शेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीले शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । शुक्रवार हाइड्रोपावर र क्यापिटलबीच सो सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा हाइड्रोपावरका प्रबन्ध सञ्चालक दिनेशप्रसाद श्रेष्ठ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरले फागुनको पहिलो सातादेखि विद्युत् उत्पादन परीक्षण गरिरहेको छ भने क्यापिटलले धितोपत्र निष्कासन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापनको साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ सेवा दिँदै आएको छ ।