शक्ति आर्जनका लागि विशेष देवीदेवताको विधिपूर्वक पूजाअर्चना गर्ने र मन्त्र जप्ने साधना नै तन्त्र हो । यसलाई काली साधना पनि भनिन्छ । काली शब्दले काल वा समयतर्फ पनि संकेत गर्छ । अर्थात् मानिसले आफ्नो समयलाई बलवान् बनाउने उपाय स्वरुप तन्त्र साधनाको विकास गर्यो । हामीकहाँ मनाइने दसैँमा देवीको उपासना गर्ने तान्त्रिक शाक्तहरूको प्रभाव देखिन्छ । नेपालमा देवीको उपासनाको प्रामाणिक इतिहास खोज्दा मानदेवका पाला स्थापना भएको वि.सं. ५६० को पलाञ्चोक भगवतीको मूर्ति विचारणीय छ । यसले लिच्छविकालमै नेपालम