काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले पुस २९ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं, कालिकास्थानस्थित अमृतभोग क्याटर्समा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष भने बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गरेका थियो ।
कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत भने गरेको छ । साधारण सभाको विशेष प्रस्तावमा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने उल्लेख छ ।
यी प्रस्तावसँगै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्तिको विषय पनि टुङ्ग्याृउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्