नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन ।नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने वहानामा ती नाका हुँदै नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो । प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने