नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल भोलि (बिहीवार) हुँदैछ । दशरथ रंगशालामा हुने खेल दर्शकसहितको हुनेछ ।
पाँच हजार १०० जना दर्शक राख्ने प्रस्ताव गरिएको एन्फाले जनाएको छ । दर्शकले कोरोनाविरुद्धको पूर्ण मात्रा (डबल डोज) लगाएकाे हुनुपर्नेछ । साथै पीसीआर परीक्षण गर्नुपर्ने एन्फाले जनाएको छ ।
रंगशालामै पीसीआर परीक्षणको व्यवस्था पनि भएको एन्फाको भनाइ छ ।
अर्को खेल भदाै २० मा हुनेछ ।