पोखरा – गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ। दुर्गम क्षेत्रमा रहेका ती महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। तीन वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर सरकारले दुर्गमका महिलाको निःशुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो। हरेक वर्ष दुर्गम ठाउँबाट सुत्केरीहरूलाई आपतकालीन उद्धार गरिएको सामाजिक […]