स्वास्थ्य मन्त्री खापुङ अस्पताल भर्ना

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। शुक्रबार दिउँसो चक्कर लाग्ने र वाकवाक आउने समस्या देखिएपछि स्वास्थ्यमन्त्री खापुङलाई वीर अस्पतालमा भर्ना गरिएको हो। खापुङको सचिवालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘मेनियर्स डिजिज’को शंका लागेकाले एमआरआई गरिरहेको विर अस्पतालले जनाएको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्री खापुङको वीर अस्पतालमा उपचार हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् ।मन्त्री खापुङलाई बान्ता हुने रिगांटा लाग्ने भएपछि वीर अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको प्रेस सल्लाहकार केदार गौतमले बताए ।  स्वास्थ्यमा समस्या भएपछि दिउसो साढे २ बजे वीर अस्पतालमा उपचारका लागि लगिएका उनले बताए ।मन्त्री खापुङको अस्पतालको भीआइपी कक्षमा उपचार सुरु भएको छ । हिजो मात्रै मन्त्री खापुङ पूर्वी जिल्लाहरुको भ्रमणपछि काठमाडौं फर्किएका थ

भारतमा जिका भाइरसका १४ बिरामी फेला परे

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले केरलाको तिरुवनन्तपूरम जिल्लामा जिका भाइरसका बिरामी फेला परेको पुष्टि गर्नुभएको छ । लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको प्रकोप भारतमा सबैभन्दा पहिले सन् २०१६÷०१७ मा गुजरात राज्यमा भएको थियो । पुष्टि भएका सबै बिरामी स्वास्थ्य अधिकारी रहेको बताइएको छ । सबैभन्दा सुरुमा २४ वर्षीया एक गर्भवती महिलामा जिका भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने लगायतको लक्षण देखिएपछि उहाँलाई जुन २८ मा अस्पताल भर्ना गरिएको थियो । गत् बुधबार उहाँले शिशुलाई जन्म दिनुभएको छ ।

स्वास्थ्य मन्त्री पोखरेल अस्पताल भर्ना

काठमाडौं– स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरले अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । दुई दिनदेखि अस्वस्थ उनी चिकित्सकको सल्लाह अनुसार शनिवार बिहानदेखि नयाँ बानेश्वर काठमाडौंमा रहेको...