भारतमा जिका भाइरसका १४ बिरामी फेला परे

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले केरलाको तिरुवनन्तपूरम जिल्लामा जिका भाइरसका बिरामी फेला परेको पुष्टि गर्नुभएको छ । लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको प्रकोप भारतमा सबैभन्दा पहिले सन् २०१६÷०१७ मा गुजरात राज्यमा भएको थियो । पुष्टि भएका सबै बिरामी स्वास्थ्य अधिकारी रहेको बताइएको छ । सबैभन्दा सुरुमा २४ वर्षीया एक गर्भवती महिलामा जिका भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने लगायतको लक्षण देखिएपछि उहाँलाई जुन २८ मा अस्पताल भर्ना गरिएको थियो । गत् बुधबार उहाँले शिशुलाई जन्म दिनुभएको छ ।

सम्बन्धित सामग्री

जिका भाइरसको जोखिम नेपालमा पनि तर परीक्षण गर्ने किट नै छैन

काठमाण्डाै - छिमेकी देश भारतमा जिका भाइरसको सङ्क्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ । खुला सीमानाकाका कारण नेपालमा पनि सङ्क्रमण सजिलै फैलन सक्ने भएकाले जोखिम बढेको हो । नेपालमा अहिलेसम्म जिका भाइरसको सङ्क्रमण देखिएको छैन । तर, परीक्षणका लागि किट नै नभएकाले नेपालमा यसका बिरामी छन्, छैनन् भन्ने आधिकारिक पुष्टि गर्न कठिनाइ भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले अहिलेसम्म यो भाइरसबारे कुनै जानकारी नआएको बताउनुभयो । उहाँकाअनुसार नेपालमा जिका भाइरस परीक्षण गर्ने  किट नै छैन । त...

भारतमा जिका भाइरस संक्रमण बढ्दो : कानपुरमा बिरामीको संख्या ८९ पुग्यो

भारतीय राज्य उत्तर प्रदेशको कानपुरमा जिका भाइरसका बिरामीको संख्या लगातार बढ्दै गएको छ।कानपुरमा आइतबार एकै दिनमा कम्तीमा १० जना जिका भाइरसका बिरामी भेटिएको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ।यससँगै कानपुरमा जिका भाइरसका बिरामीको संख्या ८९ पुगेको कानपुर अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नेपाल सिंहले बताएका छन्।तीमध्ये १७ संक्रमित बालबालिका छन्। कानपुरमा शनिबार १३ जना जिका संक्रमित थपिएका थिए।स्वास्थ्य अधिकारीहरूले कानपुरमा जिका भाइरसको संक्रमण बढेपछि सरकारी अस्पतालले शहरमा अनुगमन बढाएको र स