स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका विराटनगरका प्रमुख (मेयर) नागेश कोइरालाले अप्ठ्यारो भएको भन्दै फेरि सरकारी गाडी प्रयोग गर्ने बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सार्वजनिक सूचना अनुसार करिब तीन महिना निजी गाडी प्रयोग गरेको र निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखिएको उल्लेख छ । यसअघि प्रमुखले चढेको गाडी लामो समय नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकोले पनि