काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मूलधारका पार्टीले जनताका कुरा बोल्न छोडेपछि दुर्गा प्रसाईं नेता बनेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकारका कामकारबाहीबाट जनता आक्रोशित, क्रुद्ध र निराश रहेको बताए। ‘यस्तो अवस्थामा कसले उनीहरूको कुरा उठाउँछन् त्यतैपटि लाग्ने अवस्था बनेको छ। सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन। हामी पनि कोठामा मात्रै बोल्छौँ। सडकमा हामी छैनौं।