सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाउँदा माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने आदेश जारी गरेको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो ।अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित