ब्याटिङ नचल्दा नेपाल युएईसँग ९९ रनले पराजित

काठमाडौं : आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रि–कोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङ नचल्दा ३५ दशमलब १ ओभरमा १ सय ३ रनमा समेटियो। ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन जोडे भने बिनोद भण्डारीले १२ रन बनाए। अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। रोहित पौडेल ९, कुशल भुर्तेलले ५, करण केसीले ४, पवन सर्राफले २ रन बनाउँदा दीपेन्द्र

सम्बन्धित सामग्री

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीयमा टस जितेर ब्याटिङ रोजेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आजको खेल हुँदैछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।

फितलो ब्याटिङ गरेको नेपाल केन्यासँग पराजित

काठमाडौं: नेपाल र केन्याबीच जारी टी २० सिरिजको चौथो खेलमा नेपाल केन्यासँग पराजित भएको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ७ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ९४…

ब्याटिङ नचल्दा नेपाल केन्यासँग पराजित

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको हो।

नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डको ग्लास्गोमा भएको खेलमा नेपाल स्कटल्याण्डसँग २ विकेटले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ गरेको नेपालले दिएको १२९ रनको लक्ष्य स्कटल्याण्डले १ ओभरमा दुई विकेट गुमाएर भेट्टाएसँगै नेपाल स्कटल्याण्डसँग पराजित भएको हो । स्कटल्याण्डका लागि कलम मकलोडले सर्वाधिक ६४ […]

ब्याटिङ नचल्दा नेपाल पराजित

खराब ब्याटिङ लयलाई निरन्तरता दिँदा नेपाल बुधबार घरेलु टोली क्यानडासँग दोस्रो एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ।...

ब्याटिङ नचल्दा पराजित भयौं : कप्तान सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले २ सय १२ रन पछ्याउन नसक्नुको पछाडि ‘खराब ब्याटिङ’ भएको बताए। बिहीबार राति अमेरिकामा भएको विश्वकप लिग टु अन्तर्गत ओमानसँग नेपाल १३ रनले पराजित भएको थियो।पहिलो ब्याटिङ गर्दै ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले २ बल बाँकी हुँदा सबै विकेट गुमाएर १ सय ९८ रनमा समेटिन पुगेको थियो। कप्तान सन्दीपले खेलबारे भने‚ ‘हामीलाई जतिवेला साझेदारीको जरुरी थियो, त्यही समयमा हाम्रो विकेट निरन्तर झर्‍यो

ब्याटिङ नचल्दा नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ । २ सय ३३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा १ सय ४० रनमा अल आउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ६२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । नेपालले ओपनर […]

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

६ फागुन, काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ । समूह-१ […]

ब्याटिङ नचल्दा नेपाल इतिहास रच्नबाट चुक्यो

मस्कट (हाम्रो खेलकुद) – बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । योसँगै नेपाल आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट टोलीलाई हराउँदै इतिहास रच्ने अवसर पनि गुमाएको छ । १ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मंगलबार नेदरल्याण्ड्ससंग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको छ । यसअघि पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्याण्डसले भने मलेसियालाई हराएको थियो । मंगलबारको टिममा नेपालले कुनै परिवर्तन गरेको छैन । नेपाली टिममा ओपनर […]