नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले २ सय १२ रन पछ्याउन नसक्नुको पछाडि ‘खराब ब्याटिङ’ भएको बताए। बिहीबार राति अमेरिकामा भएको विश्वकप लिग टु अन्तर्गत ओमानसँग नेपाल १३ रनले पराजित भएको थियो।पहिलो ब्याटिङ गर्दै ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले २ बल बाँकी हुँदा सबै विकेट गुमाएर १ सय ९८ रनमा समेटिन पुगेको थियो। कप्तान सन्दीपले खेलबारे भने‚ ‘हामीलाई जतिवेला साझेदारीको जरुरी थियो, त्यही समयमा हाम्रो विकेट निरन्तर झर्यो