लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वर्तमान सरकारमा सहभागी हुने च्याप्टर लगभग क्लोज भएको छ । लोसपा मधेशका माग पुरा गरे सरकारमा जाने तयारीमा थियो । लोसपाले माग गरेअनुसार सरकारले नागरिकता विधेयक पारित गर्यो । आन्दोलनको क्रममा लागेका मुद्दा फिर्ता, बन्दी रिहा लगायतका केही माग पुरा गरेपछि लोसपा सरकारमा जाने तयारी गरिरहेको थियो । जसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झा सरकारमा जाने लगभग तय नै भएको थियो । तर सरकारले आज संघ र प्रदेशको मिति घोषणा गरेको छ । यो घोषणासँगै लो