प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच अहिले सरकार परिवर्तन नगर्ने भद्र सहमति भएको बताइएको छ । वागमती चलाउँदा अन्यत्रको सरकारमा पनि असर पर्नसक्ने भन्दै अहिले यो विषय रोकिएको हो ।