बागलुङमा पहिरोले घर पुरियो

बागलुङ :  गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका-११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिए।पहिरोले घर पुरिँदा रानाको परिवार विस्थापित भएका छन्। अहिले उनीहरू आफन्तकोमा आश्रय लिएको अध्यक्ष श्रीसले बताए।  पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ । 

सम्बन्धित सामग्री

बागलुङमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु

१२ असार, काठमाडौं । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र …