जग्गाको अभाव देखाएर उद्योग क्षेत्रको भाडा बढाउन मिल्दैन

औद्योगिक क्षेत्रमा यति बेला भाडा वृद्धिको समस्या देखा परेको छ । यसप्रति नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आपत्ति जनाएको छ । औद्योगिक क्षेत्रहरूको समस्याको रूपमा एउटा भाडा वृद्धि रहेको छ भने अर्कोतर्फ यो औद्योगिक क्षेत्र चलायमान बनाउनको विभिन्न कठिनाइ देखिएका छन् । भइरहेका उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसकेको मात्र होइनन सञ्चालनमा भएकामा पनि प्रयाप्त […]

सम्बन्धित सामग्री

कहाँ हराउँछ ग्यास ?

काठमाडौं । नेपाल आयल निगमले सामान्य अवस्थाको तुलनामा अचेल झन्डै दोब्बर ग्यास आपूर्ति गरिरहेको छ । सामान्य अवस्थामा दैनिक औसत ७० बुलेटसम्म आपूर्ति हुने गरेकोमा निगमले अहिले दैनिक औसत १३५ बुलेटसम्म ग्यास आपूर्ति गरिरहेको छ । उद्योगले पनि उत्पादन बढाएको अनुगमनको क्रममा देखिएको छ । तर, बजारमा अभाव छ । एक सिलिन्डर ग्यास लिन १ हप्तासम्म कुर्नुपरेको उपभोक्ताको गुनासो छ । निगमको ग्यास वितरण विभाग प्रमुख नेत्र काफ्लेका अनुसार अहिले ग्यास उपभोगको हिसाबले अफसिजन हो । गर्मीमा ग्यासको खपत तुलनात्मक रूपमा कम हुने भएकाले विगतमा यो बेला दैनिक ७० देखि ८० बुलेट ग्यासका लागि उद्योगीले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन्थे । गत ६ चैतदेखि ग्यास उद्योगीले ढुवानी भाडा बढाउन माग गर्दै पीडीओ नउठाउँदा ग्यास आपूर्तिमा समस्या आएको थियो । १९ चैतसम्म पीडीओ नलिएका उद्योगीले २० चैतदेखि लिन थाले । त्यसपछि सामान्य अवस्थाको तुलनामा झन्डै दोब्बर पीडीओ उठाइरहेका छन् । निगमका अनुसार ग्यास उद्योगीले दैनिक १२५ देखि १३५ बुलेटसम्मको पीडीओ उठाइरहेका छन् । तर, उपभोक्ताले सहजै पाइरहेका छैनन् । काठमाडौंको बबरमहलमा बसोवास गर्ने श्रमन श्रेष्ठले १ सातासम्म ग्यास नपाएपछि सम्बन्धको आधारमा आरुबारीबाट ल्याएको बताए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पनि ग्यास नपाएका गुनासाहरू दैनिक आइरहेका छन् । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार विभागमा अहिले दैनिक औसत २ देखि ३ ओटा ग्यास नपाएका गुनासा आइरहेका छन् । निगमले पनि बजारमा ग्यास सहजै पाउन नसकेको स्वीकार गरेको छ । निगम ग्यास वितरण विभाग प्रमुख काफ्लेले उपभोक्ताप्रति उद्योगी/व्यवसायी उत्तरदायी नभएका कारण ग्यास अभाव भएको बताए । ‘व्यवसायीको मनस्थिति उपभोक्ताप्रति उत्तरदायी भएको देखिएन,’ उनले भने, ‘व्यापारीहरू उपभोक्ताप्रति उत्तरदायी भएका हुन्थे भने उनीहरूले यथार्थ कुरा गर्थे ।’ निगमले ग्यास आपूर्ति बढाएको तर बजारमा अभाव रहेको ग्यास उद्योगीले पनि स्वीकार गरेका छन् । एलपी ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले ग्यास आपूर्ति दैनिक सय बुलेटभन्दा माथि रहे पनि आपूर्ति सहज नरहेको बताए । ‘ग्यासको सर्टेज छैन । अलिअलि कम भएको मात्रै हो,’ उनले भने, ‘अस्ति ट्रान्सपोर्टेशनको भाडा नपुगेर ८/१० दिन लोडिङ बन्द भयो । त्यसबीचको ग्यापका कारण अलिकति अभाव देखिएको हो ।’ यसअघि सामान्य अवस्थामा ७० देखि ८० बुलेट ग्यास दैनिक आयात हुने गरेकोमा अहिले १२० बुलेटसम्म ग्यास आयात भइरहेको र आयातित सबै ग्यास बजारमा पठाइएको उनी बताउँछन् । तर, विक्रेताले भने बजारमा सामान्य अवस्थाकै हाराहारीमा ग्यास आइरहेको र तुलनात्मक रूपमा बढी नआएको बताएका छन् । ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले सामान्य अवस्थामा एउटा ग्यास डिलरमा एउटा उद्योगबाट दैनिक औसत एक गाडी ग्यास आउने गरेकोमा अहिले पनि त्यत्ति नै आइरहेको बताए । उद्योगबाट विक्रेतासम्म पुग्ने ग्यासको परिमाणमा फरक नपरेको उनको भनाइ छ । ग्यास मूल्य बढ्ने र अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने हल्ला बढी भएकाले उपभोक्ताले मौज्दात राख्न खोजेको थापाले बताए । ‘ग्यासमा आयल निगमलाई घाटा छ भन्ने कुरा बाहिर आइरहेको छ । भाउ बढ्ने र अभाव हुने डरमा उपभोक्ताले मौज्दात राख्न खोज्दा आपूर्तिमा समस्या आएको अनुमान गर्न सकिन्छ,’ उनले भने । निगमले ग्यासको मूल्य बढाउने आशमा उद्योगीले बढी ग्यास किनेर विक्रेतासम्म नपठाउने गरेको आशंका उपभोक्ता अधिकारकर्मीको छ । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बढेको मूल्यमा विक्री गर्ने उद्देश्यले उद्योगी, व्यवसायीले ग्यास लुकाइरहेको आरोप लगाए । ‘अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्छ र यता पनि बढाउँला भनेर उद्योगी र डिलरले ग्यास लुकाइरहेका छन्,’ महर्जनले भने । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासकेन्द्रित अनुगमन शुरू गरिएको बताएको छ । विभागका सहायक सूचना अधिकारी पौडेलले सोमवार एभरेष्ट ग्यासमा अनुगमन गर्दा उसको उत्पादन बढेको बताए । ‘एभरेष्ट ग्यासले सामान्य अवस्थामा दैनिक ४ हजार सिलिन्डरसम्म ग्यास उत्पादन गरिरहेकोमा अहिले ६ हजार सिलिन्डरसम्म उत्पादन गरिरहेको देखियो,’ उनले भने, ‘उसले बजारमा पठाएको देखिएकाले डिलरहरूले लुकाए कि भन्ने आशंका छ । सबै डिलरमा पुग्न पाइएको छैन ।

समुद्रपार व्यापारमा कोरोना असर : एक सातामै दोब्बर पुग्यो ढुवानी लागत

वीरगञ्ज । समुद्रपार व्यापारमा सिपिङ कम्पनीहरूले कन्टेनर ढुवानीको भाडा ह्वात्तै बढाएका छन् । कोरोना महामारी शुरू भएयता बढ्न थालेको ढुवानी लागत अहिले उत्कर्षमा पुगेको व्यवसायीहरूले बताएका छन् । सेप्टेम्बरको पहिलो सातामै कन्टेनरको भाडा दोब्बर पुगेको आयातकर्ताले बताए । अगस्त अन्तिमसम्म चिनियाँ बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्मको प्रतिकन्टेनर भाडा ३५ सयदेखि ४ हजार अमेरिकी डलर (डलर) रहेकोमा अहिले ८ हजार डलर तिर्दा पनि कन्टेनर पाउन नसकिएको आयातकर्ता आशिष लाठले बताए । विश्वव्यापी रूपमै कन्टेनरको माग र आपूर्तिमा देखिएको असन्तुलनले भाडा बढेको बुझाइ व्यवसायीको छ । यूरोपेली र अमेरिकी देशमा सेप्टेम्बरको शुरुआतदेखि नै मालसामानको माग बढेकाले कन्टेनरको अभाव देखिएको हो । यही मौका छोपेर सिपिङ कम्पनीहरूले भाडा बढाएको वीरगञ्ज उद्योेग वाणिज्य संघका सचिवसमेत रहेका लाठ बताउँछन् । व्यवसायीका अनुसार कोरोना महामारीबीच अघिल्लो वर्षको मार्चदेखि नै सिपिङ कम्पनीले भाडा बढाउन थालेका हुन् । यसअघि ५ हजार डलरसम्म पुगेको भाडा गत महीना ४ हजारसम्म झरेको थियो । ‘अहिले चिनियाँ बन्दरगाहमा ८ हजार डलर तिर्दा पनि आयातकर्ताले कन्टेनर पाएका छैनन्,’ सचिव लाठले भने । ‘एक वर्षअघिसम्म चिनियाँ बन्दरगाहदेखि वीरगञ्जसम्म २० टनको कन्टेनर १५ सयदेखि २ हजार डलरसम्ममा ढुवानी भइरहेको थियो । गत महीनासम्म पनि ४ हजार डलरसम्म रहेको भाडा यो महीना लाग्नासाथै बढ्न थाल्यो,’ आयातकर्ता नवनीत अग्रवाललले भने । यूरोप र अमेरिकामा नयाँ वर्ष र क्रिसमसमा हुने व्यापारलक्षित मालसामानको माग बढेकाले चिनियाँ बन्दरगाहबाट ती मुलुकका लागि बढी कन्टेनर ‘बुक’ भएकाले अभाव देखिएको व्यवसायी ओमप्रकाश मोर बताउँछन् । ‘चीनका व्यापारीले अहिले यूरोप र अमेरिकातर्फ आपूर्ति बढाएकाले कन्टेनर अभाव देखिएको हो । यसको प्रभाव हाम्रो व्यापारमा पनि परेको छ,’ मोरले आर्थिक अभियानसित भने, यसको प्रत्यक्ष मार उपभोक्ता मूल्यमा परेको छ ।’ कन्टेनर अभावको असर अमेरिकी र यूरोपेली देशबाट आउने कार्गोमा समेत परेको व्यवसायीले बताए । पश्चिमी देशबाट आउने कन्टेनरको ढुवानी भाडा पनि अत्यधिक बढेको वीरगञ्ज उद्योग वाणिज्य संघ सुक्खा बन्दरगाह तथा आईसीपी समितिका संयोजक सुशान्त चाचान बताउँछन् । अमेरिका र यूरोपमा माग बढेको र चीनबाट गएका कन्टेनर उतै रोकिएकाले त्यसको दाबाब भाडा देखिएको संघका सहसचिवसमेत रहेका चाचानको बुझाइ छ । ‘यो माग र आपूर्तिबीचको असन्तुलनको उपज हो । अहिले वस्तुको कुल मूल्यमा ढुवानी खर्चको परिमाणमात्रै ३० प्रतिशतसम्म पुगेको छ । सामान्यतः यो १० प्रतिशत हुनुपर्ने हो, चाचानले भने । अमेरिका र क्यानडाबाट आउने गेडागुडी र दालको भाउ ≈वात्तै बढेको छ । यस्ता वस्तुको मूल्यमा अहिले नै ३० प्रतिशतसम्म मूल्य बढिसकेको छ । बढ्दो ढुवानी लागतकै कारण यो ६० प्रतिशतभन्दा माथि जाने अवस्था देखिएको आयातकर्ता बताउँछन् । कोरोना महामरीका कारण उत्पादमा कमी आउनु र ढुवानी भाडा अत्यधिक बढ्दा यस्ता उत्पादनको मूल्य बढेको आयातकर्ता मोरको भनाइ छ । कोरोना महामारीले बन्दरगाहरूमा कामदार आपूर्ति सहज हुन नसकेको र यसले लोडअनलोडमा ढिलाइ भइरहेको व्यवसायी बताउँछन् । बन्दरगाहमा पानी जहाजहरू १५/२० दिनसम्म पालो पर्खिएर बस्नुपर्ने भएकाले यसको चाप ढुवानी लागतमा परेको उनीहरूको बुझाइ छ । भारतीय बन्दरगाहबाट वीरगञ्जसम्मको रेल भाडा बढेको छैन । यो करीब १ हजार डलरकै हाराहारीमा रहे पनि सिपिङ कम्पनीहरूले समुद्रीमार्गको भाडा बढाएको व्यवसायीले बताएका छन् । निर्यातमा पनि बढ्यो लागत निकासीतर्फ पनि ढुवानी भाडा बढेको व्यवसायी चाचान बताउँछन् । यसअघि भारतको कोलकाताबाट सिंगापुरसम्मको समुद्री भाडा २०० डलर रहेकोमा अहिले ६०० डलर पुगिसकेको जानकारी उनले दिए । दक्षिण कोरियाका लागि यसअघि ४०० डलर खर्च लाग्नेमा यो अहिले ९०० डलर भएको पनि उनले बताए ।