समुद्रपार व्यापारमा कोरोना असर : एक सातामै दोब्बर पुग्यो ढुवानी लागत

वीरगञ्ज । समुद्रपार व्यापारमा सिपिङ कम्पनीहरूले कन्टेनर ढुवानीको भाडा ह्वात्तै बढाएका छन् । कोरोना महामारी शुरू भएयता बढ्न थालेको ढुवानी लागत अहिले उत्कर्षमा पुगेको व्यवसायीहरूले बताएका छन् । सेप्टेम्बरको पहिलो सातामै कन्टेनरको भाडा दोब्बर पुगेको आयातकर्ताले बताए । अगस्त अन्तिमसम्म चिनियाँ बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्मको प्रतिकन्टेनर भाडा ३५ सयदेखि ४ हजार अमेरिकी डलर (डलर) रहेकोमा अहिले ८ हजार डलर तिर्दा पनि कन्टेनर पाउन नसकिएको आयातकर्ता आशिष लाठले बताए । विश्वव्यापी रूपमै कन्टेनरको माग र आपूर्तिमा देखिएको असन्तुलनले भाडा बढेको बुझाइ व्यवसायीको छ । यूरोपेली र अमेरिकी देशमा सेप्टेम्बरको शुरुआतदेखि नै मालसामानको माग बढेकाले कन्टेनरको अभाव देखिएको हो । यही मौका छोपेर सिपिङ कम्पनीहरूले भाडा बढाएको वीरगञ्ज उद्योेग वाणिज्य संघका सचिवसमेत रहेका लाठ बताउँछन् । व्यवसायीका अनुसार कोरोना महामारीबीच अघिल्लो वर्षको मार्चदेखि नै सिपिङ कम्पनीले भाडा बढाउन थालेका हुन् । यसअघि ५ हजार डलरसम्म पुगेको भाडा गत महीना ४ हजारसम्म झरेको थियो । ‘अहिले चिनियाँ बन्दरगाहमा ८ हजार डलर तिर्दा पनि आयातकर्ताले कन्टेनर पाएका छैनन्,’ सचिव लाठले भने । ‘एक वर्षअघिसम्म चिनियाँ बन्दरगाहदेखि वीरगञ्जसम्म २० टनको कन्टेनर १५ सयदेखि २ हजार डलरसम्ममा ढुवानी भइरहेको थियो । गत महीनासम्म पनि ४ हजार डलरसम्म रहेको भाडा यो महीना लाग्नासाथै बढ्न थाल्यो,’ आयातकर्ता नवनीत अग्रवाललले भने । यूरोप र अमेरिकामा नयाँ वर्ष र क्रिसमसमा हुने व्यापारलक्षित मालसामानको माग बढेकाले चिनियाँ बन्दरगाहबाट ती मुलुकका लागि बढी कन्टेनर ‘बुक’ भएकाले अभाव देखिएको व्यवसायी ओमप्रकाश मोर बताउँछन् । ‘चीनका व्यापारीले अहिले यूरोप र अमेरिकातर्फ आपूर्ति बढाएकाले कन्टेनर अभाव देखिएको हो । यसको प्रभाव हाम्रो व्यापारमा पनि परेको छ,’ मोरले आर्थिक अभियानसित भने, यसको प्रत्यक्ष मार उपभोक्ता मूल्यमा परेको छ ।’ कन्टेनर अभावको असर अमेरिकी र यूरोपेली देशबाट आउने कार्गोमा समेत परेको व्यवसायीले बताए । पश्चिमी देशबाट आउने कन्टेनरको ढुवानी भाडा पनि अत्यधिक बढेको वीरगञ्ज उद्योग वाणिज्य संघ सुक्खा बन्दरगाह तथा आईसीपी समितिका संयोजक सुशान्त चाचान बताउँछन् । अमेरिका र यूरोपमा माग बढेको र चीनबाट गएका कन्टेनर उतै रोकिएकाले त्यसको दाबाब भाडा देखिएको संघका सहसचिवसमेत रहेका चाचानको बुझाइ छ । ‘यो माग र आपूर्तिबीचको असन्तुलनको उपज हो । अहिले वस्तुको कुल मूल्यमा ढुवानी खर्चको परिमाणमात्रै ३० प्रतिशतसम्म पुगेको छ । सामान्यतः यो १० प्रतिशत हुनुपर्ने हो, चाचानले भने । अमेरिका र क्यानडाबाट आउने गेडागुडी र दालको भाउ ≈वात्तै बढेको छ । यस्ता वस्तुको मूल्यमा अहिले नै ३० प्रतिशतसम्म मूल्य बढिसकेको छ । बढ्दो ढुवानी लागतकै कारण यो ६० प्रतिशतभन्दा माथि जाने अवस्था देखिएको आयातकर्ता बताउँछन् । कोरोना महामरीका कारण उत्पादमा कमी आउनु र ढुवानी भाडा अत्यधिक बढ्दा यस्ता उत्पादनको मूल्य बढेको आयातकर्ता मोरको भनाइ छ । कोरोना महामारीले बन्दरगाहरूमा कामदार आपूर्ति सहज हुन नसकेको र यसले लोडअनलोडमा ढिलाइ भइरहेको व्यवसायी बताउँछन् । बन्दरगाहमा पानी जहाजहरू १५/२० दिनसम्म पालो पर्खिएर बस्नुपर्ने भएकाले यसको चाप ढुवानी लागतमा परेको उनीहरूको बुझाइ छ । भारतीय बन्दरगाहबाट वीरगञ्जसम्मको रेल भाडा बढेको छैन । यो करीब १ हजार डलरकै हाराहारीमा रहे पनि सिपिङ कम्पनीहरूले समुद्रीमार्गको भाडा बढाएको व्यवसायीले बताएका छन् । निर्यातमा पनि बढ्यो लागत निकासीतर्फ पनि ढुवानी भाडा बढेको व्यवसायी चाचान बताउँछन् । यसअघि भारतको कोलकाताबाट सिंगापुरसम्मको समुद्री भाडा २०० डलर रहेकोमा अहिले ६०० डलर पुगिसकेको जानकारी उनले दिए । दक्षिण कोरियाका लागि यसअघि ४०० डलर खर्च लाग्नेमा यो अहिले ९०० डलर भएको पनि उनले बताए ।

सम्बन्धित सामग्री

कोरोनाले पुरुषको प्रजनन क्षमतालाई असर गर्ने दाबी

एजेन्सी, १५ बैशाख । कोरोना भाइरसले पुरुषको प्रजनन क्षमतालाई असर गर्ने  अनुसन्धानबाट पत्ता लागेको छ । आईआईटी मुम्बईको अनुसन्धानबाट कोरोना संक्रमण भएका पुरुष बाबु बन्ने सम्भावना कम हुने पत्ता लागेको हो । अनुसन्धानका अनुसार कोरोना भाइरस संक्रमणले पुरुषको प्रजनन प्रणाली (प्रजनन क्षमता) लाई असर गरिरहेको छ । अर्थात्, कोरोना भाइरसका हल्का लक्षणहरूले पनि पुरुषको शुक्रकीटको […]

श्रम बजारमा कोरोना असर : एसियामा गरिबी चरम तहमा पुग्यो

एजेन्सी – कोरोना महामारीले श्रम बजारमा असर गरेको छ। महामारीपछि भएको एक अध्ययनले क्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुगेको देखाएको हो। विगत दुई वर्षमा कोरोना महामारीका कारण विश्व अर्थतन्त्र समस्यामा परेको थियो। गत वर्ष कोरोना महामारीले दक्षिणपूर्वी एसियामा ४७ लाख मानिसलाई गरिबीमा धकेलेको एसियाली विकास बैंकले जनाएको छ। बैंकका अनुसार दैनिक १ दशमलव ९० […]

चिकित्सक भन्छन्- आमालाई कोरोना देखिँदैमा गर्भको बच्चालाई असर गर्दैन

१२ माघ, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ । यसको जोखिममा गर्भवती महिला पनि उत्तिकै छन् । आमालाई कोरोना संक्रमण भएमा गर्भमा हुर्किरहेको शिशुलाई पनि असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् । मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ बालकृष्ण शाहका अनुसार महामारीको समयमा आवश्यक औषधि पनि सीमित […]

सीमा क्षेत्रका बजारमा ओमिक्रोनको असर

झापा-कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको असर नेपालको सीमा क्षेत्रका बजार र होटल व्यवसायमा देखा पर्न थालेको छ । भारतमा संक्रमण बढेसँगै सीमा क्षेत्रका होटलमा असर देखा पर्न थालेको हो ।पूर्वी सीमा बजार काँकडभिट्टामा असर देखा पर्न थालेको होटल व्यवसायीले बताएका छन् । काँकडभिट्टासँगै विराटनगर, नेपालगन्ज, महेन्द्रनगर बजारमा भारतीय पर्यटकको आवागमन घटेको हो । जसले पर्यटन […]

कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा गम्भीर असर : अध्ययन

२९ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीको समयमा नेपालका बालबालिकाको क्षमता विकासमा ठूलो असर परेको एक अध्ययनले देखाएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटिएम नेपाल) ले दुई महिनाको अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा महामारीले बालकालिकाको क्षमता विकासमा असर परेको देखिएको हो । कन्सोर्टियम नेपालका तर्फबाट अध्ययन समितिको नेतृत्व गरेका त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक […]

स्वास्थ्यमा असर नदेखिए पनि खोपले काम गर्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएपछि स्वास्थ्यमा कुनै असर नदेखिए पनि खोपले काम गर्ने जनाएको छ । शुक्रबार मन्त्रालयले सूचना जारी गरी खोप लगाइसकेका व्यक्तिमा कुनै असर नदेखिए खोपले काम गर्दैन भनी फैलिएको भ्रमको खण्डन गरेको हो । मन्त्रालयले खोपले दिने सुरक्षा र लगाएपछि देखिने असर बिच कुनै सम्बन्ध नरहेको […]

के कोरोना खोप लगाएपछि कुनै असर देखिएन भने खोपले काम गर्दैन?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि असर नदेखिएमा खोप काम गर्दैन भन्ने कुरा भम्र मात्र हो।

कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति?

कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति? कोभिड-१९ संक्रमणको दोस्रो लहर झेलिरहेको छ नेपाल। अहिले शय्या अभावदेखि अक्सिजनको हाहाकारको अवस्था त छैन, तर संक्रमणदर मत्थर भने भइसकेको छैन। नेपालअघि भारतमा कोरोना भाइरसको दोस्रो लहरले हजारौंको ज्यान लियो। त्यहाँ पनि संक्रमण तथा मृत्युदर कम हुनुअघि कोभिडकै तेस्रो लहर…

दुग्ध क्षेत्रमा कोभिडको असर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञाको कारणले बिक्री नहुँदा दुग्ध क्षेत्रमा पनि ठूलो असर पारेको छ । निषेधाज्ञाका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस बन्द हुँदा बजारमा दूधको खपत कम हुँदा किसानको दूध बिक्री हुन सकेको छैन । दूध बिक्री नहुँदा किसान र उद्योगी–व्यवसायीलाई प्रत्यक्ष असर परेको छ […]

कोरोना भाइरस संक्रमण ठिक भएका व्यक्तिलाई नयाँ भाइरसले समेत असर नगर्ने : अध्ययन

कोभिड–१९ संक्रमण निको भइसकेका व्यक्तिलाई कोरोना भाइरसको नयाँ संस्करणले समेत असर नगर्ने एक अध्ययन रिपोर्टले जनाएको छ । यस्ता व्यक्तिमा विकास भएको इम्युन सिस्टमले ६ महिनासम्म कोरोना भाइरसबाट सुरक्षति राख्ने...