भूकम्पमा पुरिएर बाँचेका शिशु सहारा खोज्दै

कात्तिक १७ गतेको भूकम्पमा परेर १० महिने शिशु विशा बुढा आमा कृष्णा बुढासँगै माटोमुनि पुरिइन् । मध्यरातमा सुतेकै बेला गल्र्यामगुर्लुम घर ढलेपछि आमाछोरी सुतेकै ठाउँमा पुरिएका हुन् । स्थानीयले खोतलखातल गरेर उनकी आमा र मामाघरकी हजुरआमालाई निकाले । शरीरबाहिर निकालिए पनि दुवै जना निष्प्राण भइसकेका थिए । स्थानीयले आमाको मृत्यु भएकाले बच्चा पनि सँगै मरेको तर शव नभेटिएको ठाने र अन्यतर्फ उद्धारमा खटिए । दुई घण्टापछि प्रहरीसहितको उद्धार टोली पुगेर कोही छ कि भनेर दोहो¥याएर खोजी गरे । बच्चा पुरिएको छ भनेपछि टर्चलाइटको सहारामा ढुङ्गामाटो पन्छाउँदै थिए । भूकम्प गएको दुई घण्टा बितिसकेको थियो । एक्कासि माटोमुनि बच्चा रोएको आवाज आयो ।

सम्बन्धित सामग्री

परिवार खोज्दै सुधा

नयाँ बानेश्वरस्थित तत्कालीन वडा प्रहरी कार्यालयले बाल मन्दिरलाई २०५२ साउन १९ गते एउटा पत्र लेख्यो । जसमा कोटेश्वरस्थित एसओएस बालग्रामको कार्यालयको सडक किनारको झाडीमा बिहान ७:४५ बजेतिर अन्दाजी ५/७ महिनाको नवजात शिशु कपडामा बेरेर बेवारिसे अवस्थामा फालिएको फेला पारिएको उल्लेख थियो ।

संसदमा न्याय माग्दै रञ्जिता: निर्दोषलाई कहिलेसम्म जेलमा राख्ने?

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुरु गरिन 'आज संसद शुभारम्भ हुँदै सुभारम्भ हुँदा उदाएको सूर्य भर्खरै जन्मिएको शिशु, पलाउन लागेको मुना अबोध हुन्छन् रे यो संसदमा म पनि अबोध नै छु। भर्खरै जन्मिएको शिशुको गन्थन जहा जहाले आमा खोजेको संकेत ग...

हिँड्न खोज्दै एउटै गर्भका नौ शिशु

करिब एक वर्षअघि एउटै गर्भबाट जन्मिएका नौजना शिशुहरु अहिले के गर्दै होलान् ? के तिनीहरु सवै बाँचे ? अहिले तिनीहरुको अवस्था के छ ? पश्चिम अफ्रिकी देश मालीकी हलिमा सिसे नामक महिलाले गतवर्ष एकैचोटि नौजना बच्चालाई जन्म दिएकी थिइन् । उनी माली देशकी भए पनि बच्चालाई मोरोक्कोको एक अस्पतालमा जन्माएकी हुन् । जुलाई ३०, २०२१ […]

फाइजरको कोभिड विरुद्धको खोप ५ देखि ११ वर्षका बालबालिकामा प्रयोग गर्न सुरक्षित

असोज ५, न्यूयोर्क (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले बनाएको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित भएको बताइएको छ । फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । खोपले सो उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रा एन्टिबडी उत्पादन गरेको बताइएको छ । कम्पनीले यो खोप ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा प्रयोग गर्ने अनुमति खोज्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिंदैछ ।  यसको अनुमति मिलेमा यो १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई खोप लगाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ । फाइजरको खोप अहिले विश्वभर १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुमा प्रयोग भइरहेको छ ।  विद्यालय विस्तारै खुल्न थालेको र कोरोना भाइरसको संक्रामक डेल्टा भ्यारिएन्टको बिगबिगीका कारण शिशु तथा बालबालिकाहरुमा संक्रामण उच्च दरमा बढेको छ । यस्तोमा १२ वर्ष भन्दाकम उमेरका बालबालिकामा खोपको प्रयोग संक्रमण फैलिन नदिन प्रभावकारी औजार हुने देखिएको छ । तर यस उमेरका बालबालिकाहरुलाई अहिले युवा तथा वयस्कहरुलाई दिइरहेको खोपको एक तिहाई मात्रै लगाइनेछ । मात्रा कम भएपनि उनीहरुमा खोपको दुबै लगाएपछि किशोर किशोरी र युवा तथा वयस्कहरुको शरीरमा उन्पन्न भएको जत्तिकै एन्टिबडी पाइएको छ । यस उमेर समूहमा खोपका कारण उत्पन्न लक्षणहरु पनि अहिले युवा तथा वयस्कहरुमा देखिरहेको जस्तै ज्वरो आउने लगायतका केही अस्थायी साइड इफेक्ट देखिएको बताइएको छ । एजेन्सी

दैलेख : एम्बुलेन्सलाई भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको ज्यान गयाे

दैलेख – दैलेखमा एम्बुलेन्सलाई भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रले प्रदेश अस्पताल सुर्खेत रेफर गरेको शिशु लैजान गाउँपालिका र स्वास्थ्य संस्थाले सञ्चालन गरेको एम्बुलेन्स जान नमानेपछि शिशुकाे ज्यान गएको हाे । स्वास्थ्य केन्द्र लगिएकी शिशुलाई गम्भीर निमोनिया देखिएपछि स्वास्थ्यकर्मीले सुर्खेत रेफर गरेका थिए । सुर्खेत लैजानका लागि एम्बुलेन्ससँग आग्रह गर्न पुगेकी शिशुकी आमा मञ्जु विकलाई चालकले पहिलेकै पैसा तिर्न बाँकी रहेको र त्यो तिरेमा मात्रै एम्बुलेन्स चलाउने ...

'ओ पोजिटिभ' खोज्दै जीवनसँग संघर्ष गरिरहेको त्यो १० दिने शिशु :: Pahilopost.com

उन्‍नत सापकोटा मध्य दिनमा अफिसमा खाना खाँदै थिएँ, सागर बुढाथाेकीका साथै अन्य सहकर्मी साथीहरु माझ। आज अचार मिठाे लागेर खाना सकिएपछि पनि थप्न उठे‌ं। मैले अचार, सहकर्मी सागरले बफेमा राखिएका सबै थप्न थाले। थप्दाथप्दै सागरकाे फाेन बज्याे। फाेन गर्ने व्यक्ति थिए समाजसेवी विवेक उपाध्याय। उनी जेल परेकाहरुलाई सुधार्ने काममा सक्रिय छन्।