दैलेख – दैलेखमा एम्बुलेन्सलाई भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रले प्रदेश अस्पताल सुर्खेत रेफर गरेको शिशु लैजान गाउँपालिका र स्वास्थ्य संस्थाले सञ्चालन गरेको एम्बुलेन्स जान नमानेपछि शिशुकाे ज्यान गएको हाे ।
स्वास्थ्य केन्द्र लगिएकी शिशुलाई गम्भीर निमोनिया देखिएपछि स्वास्थ्यकर्मीले सुर्खेत रेफर गरेका थिए । सुर्खेत लैजानका लागि एम्बुलेन्ससँग आग्रह गर्न पुगेकी शिशुकी आमा मञ्जु विकलाई चालकले पहिलेकै पैसा तिर्न बाँकी रहेको र त्यो तिरेमा मात्रै एम्बुलेन्स चलाउने ...