नेप्से अगाडि शेयर लगानीकर्ताको आमरण अनसन सुरु

काठमाडौँ- शेयर लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज अगाडि आमरण अनसन सुरु गरेका छन्। शेयर धितोमा हुने कर्जा प्रवाहमा सीमा तोकिएपछि सेयर लगानीकर्ताहरु राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग्दै आन्दोलनरत छन्। लगातारको प्रदर्शनमा उदासिन भएको भन्दै लगानीकर्ताहरुले आमरण अनसन सुरु गरेका हुन्।

सम्बन्धित सामग्री

शेयर लगानीकर्ताहरुले आज बृहद प्रदर्शन गर्दै, ५ हजार जना माइतीघरमा उतार्न अपिल

शेयर लगानीकर्ताहरुले आज शुक्रबार बृहद प्रदर्शन गर्ने भएका छन् । लगानीकर्ताहरुले आज दिउँसो ३ बजे माइतघरमा जम्मा भएर बृहद प्रदर्शन गर्न लागेका हुन्। लगानीकर्ताहरुले माग पुरा गराउनको लागि दबाब दिने उदेश्यले माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने तयारी गरेका हुन् । पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिले थालेको आन्दोलनमा लगानीकर्ताका अन्य संघ सङ्गठन पनि साथ दिएका छन् । हिजो पनि लगानीकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका थिए ।माइतीघरमा भएको विरोध सभामा नेपाल उद्योग वाणिज्य महासंघका पुँजीबजार फोरममा सभापति अम्बिका पौडेल, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेल, पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइराला, शेयर विश्लेषक मुक्ति अर्याल, स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्की लगायतले सम्बोधन गरेका थिए । उनीहरुले बजार घटेकोले आन्दोलन गरेको नभई सरकारले नै गर्छु भनेका कामहरु गराउनको लागि दबाब दिनको लागि प्रदर्शन गरेको बताएका छन् । सरकारले गर्छु भनेका बाहेक अन्य कुनै नयाँ माग नभएको उनीहरुको भनाई छ ।पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले ५ हजार लगानीकर्ता जम्मा गर्ने भन्दै हरेक लगानीकर्तालाई आफुले थप १० जनालाई लिएर माइतघरमा आउँन अपिल गरेका छन् । उनले भनेका छन् 'आज ३ बजे माईतीघर मण्डला गएनौ भने हरेक लगानीकर्ताले आफैलाई घात गरेको ठहर्छ र हाम्रो आन्दोलन असफल हुन्छ ।' आफ्ना माग पुरा नभए कोइरालाले असार १ गतेबाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । यस अघि नेप्सेमा प्रदर्शन गर्न जाँदा प्रक्राउ परेका उनले प्रहरी हिरासत मै अनसन थालेका थिए । के के छन् मागहरु ?१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने । यो पनि : ‘राष्ट्र बैंकबाट मौद्रिक नीतिमा पुँजीबजारलाई नचलाईयोस्’: अम्बिका पौडेल

पूँजीबजार सुधारको माग गर्दै लगानीकर्ता आमरण अनसनमा

भदौ ३१, काठमाडौं । पूँजीबजार सुधारका लागि आवश्यक पहलको माग गर्दै बिहीवारदेखि लगानीकर्ताहरुले आमरण अनसन शुरु गरेका छन् ।  लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालय अघि आमरण अनसन शुरु गरेका हुन् । अर्थमन्त्रि र नेपाल राष्ट्र बैंकका गभर्नरलाई तत्काल बर्खास्त गर्नुपर्ने मुख्य माग लगानीकर्ताहरुको रहेको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पूँजीबजार र समग्र अर्थतन्त्र विरोधी रहेको भन्दै लगानीकर्ताहरुले तत्काल उनीहरुलाई बर्खास्त गर्नुपर्ने माग अघि सारेका छन् ।  लगानीकर्ताहरुले आफ्नो अख्तियार दुरुपयोग गरी सुनियोजित रुपमा बजार घटाउन लागिपरेको आरोप लगाउँदै छानबिन समिति गठन गरेर गभर्नरमाथि अनुसन्धान गरी कानून बमोजिम कारबाहीको माग गरेका छन् ।  अप्राकृतिक रुपमा तरलता घटाउन र कोभिडको बेला अर्थतन्त्र ध्वस्त पार्न सिसिडी रेसियो खारेज गरी सिडी रेसियो लागू गरेको भन्दै सिसिडी रेसियोनै कायम गराउन पनि उनीहरुले माग गरेका छन् । विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यस बेला सरकारद्वारा जारी ५८ बुँदे सुझावलाई कार्यान्वयन गर्नसमेत उनीहरुले माग गरेका छन् । लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा बढी बोनस वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्व कोष राख्नुपर्ने अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर्न तथा शेयर धितोको सीमा रकमलाई तत्काल खारेज गर्न र त्यसमा तोकिएको समयावधिलाई संशोधन गरी १२० दिनको औषत मूल्य कायम गर्न समेत लगानीकर्ताहरुले माग गरेका छन् । त्यस्तै ब्रोकर कमिसन शून्य दशमलव १० प्रतिशतमा झार्न, बुक बिल्डिङ्ग बिधि तत्काल खारेज गरी रू. १०० अंकित मूल्यमै आईपीओ जारी गर्न  र बैंकलाई ब्रोकर लाईसेन्स वितरण गर्न समेत लगानीकर्ताहरुले माग गरेका छन् । यस वर्षको मौद्रिक नीतिमा मार्जिन कर्जाको सीमा रू. १२ करोडमा सीमित गरिदिएपछि प्रभावित बनेको बजारले गति लिन सकिरहेको छैन । ३ हजार १९८ दशमलव ६० विन्दुसम्म कायम भएको नेप्से परिसूचक भदौ महीनाको अन्तिम कारोबार दिन २ हजार ८१२ दशमलव ३८ विन्दुमा झरेको छ ।  नेप्सेले कायम गरेको उच्च विन्दुभन्दा यो दिन परिसूचक ३८६ दशमलव २२ विन्दुले घटेको हो । नेप्सेले उच्च विन्दु कायम गरेको दिन भदौ २ गते नेपालको कुल बजार पूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५० लाख ३९ हजार रहेको थियो । यो बीचमा लगानीकर्ताहरुको सम्पत्ति मूल्य रू. ५ खर्ब ३२ अर्ब ७६ करोड ३० लाख ५० हजारले घटेको छ । बिहीवार नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजार कायम भएको छ ।

अर्थमन्त्री र गभर्नर बर्खास्तीको मुख्य माग राख्दै नेप्से अगाडी अनसन सुरु

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई तत्काल बर्खास्त गर्नु पर्ने मुख्य माग सहित पूँजीवजार सुधार संघर्ष समितिले आमरण अनसन थालेको छ । समितिले नेपाल स्टक एक्सचेन्ज नेप्से अगाडी आमरण अनसन थालेको हो  ।बेलाबेलामा सम्बन्धीत निकाय र पदमा आसिन व्यक्तिहरुबाट प्रदर्शित हुने उदासिनता, गैरजिम्मेवारीपना र समग्र लगानीकर्ताको मनोभाव विपरितमा आउने विभिन्न निति तथा कार्यक्रमको विरुद्धमा केहीहप्तादेखि रिले अनसन, धर्ना प्रदर्शन लगायतका विभिन्न किसिमका विरोधका कार्यक्रमहरु सार्वजनिक गर्दा पनि गर्भनर लगायतका नियमनकारी निकायको जिम्मेवार तहमा बसेका व्यक्तिहरुबाट मागको कुनै पनि सुनुवाई नभएको भन्दै समितिले आमरण अनसन सुरु गरेको हो।समितिले अर्थमन्त्री र गभर्नर पुँजी बजार र समग्र अर्थतन्त्र विरोधी भएको भन्दै उनीहरुको बर्खास्तिलाई मुख्य मागको रुपमा अगाडी राखेको छ । त्यस्तै समितिले अन्य १८ वटा माग राखेको छ।सुरुमा  अनसन बस्न जाँदा प्रहरीले नेप्से प्राङ्गण निषेधित क्षेत्र भएकोले उनीहरुलाई पाल टाग्न दिएको थिएँन । प्रहरीएल अन्य वैकल्पिक स्थान छनौट गर्न आग्रह गरेको थियो । तर पछि उनीहरु नेप्सेको मूल गेट अगाडी नै अनसनमा बसेका हुन् ।  यस्ता छन् समितिले राखेका अन्य माग : १. आफ्नो अख्तियारीको दुरुपयोग गरी सुनियोजित रुपमा बजार घटाउनको लागि परिरहेका नीतिगत भ्रष्टाचारमा लिप्त गभर्नर माथि अनुसन्धान गरी कारवाहीको दायरमा ल्याउन छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेश गरीकानून बमोजिम कारबाही गर ।२. अप्राकृतिक रुपमा तरलता घटाउन र Covid-19 को बेला अर्थतन्त्र ध्वस्त पार्न CCD Ratio खारेज गरी CD Ratio लगाई अबौं रुपैयाँ तरलता गायब गरी ब्याजदर आतर्क सिर्जना गरेको हुनाले तत्कालको CD Ratio खारेज गरी CCD Ratio नै कायम गर ।३. विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर, त्यतिबेला प्रस्तुत गरिएको ५८ बुंदै सहमतिलाई अक्षरांश पालना गर ।४. लघुवित्त कम्पनीहरुले २०% भन्दा माथिको बोनस शेयर वितरण गर्दा ५०% भन्दा माथिको रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर । ५. १% बाट १.३% हुनेगरि बढाइएको असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरि १% नै कायम गर।६. बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धित्तोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरि १२० दिनको औषत मुल्यकायम गर ।७ अरु क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै शेयर कर्जालाई पनि Total Lending fundमा समावेश गर । ८. बैंक तथा वित्तिय संस्थाहरुले शेयर बजार मार्फत शेयर खरिद बिक्री गर्न रोक लगाउने गरिजारि गरिएको निर्देशन तत्काल खारेज गरि बैंक तथा वित्तय संस्थाहरुले पूँजी बजारमा लगानी गर्नुपाउने पुरानै व्यवस्था कायम गर।९. अत्याधिक र असमान ब्रोकर कमिसनलाई घटाएर ०.१०% अथवा Flat Rate मा झार।१०. बृहतआर्थिक चलखेल गरि साना लगानीकर्तालाई निरुत्साहित र बजारबाट बहिर्गमन गर्ने उदेश्यले ल्याउन लागिएको Book Building तत्काल खारेज गरि रु.१०० Par Value मा IPO जारि गर्ने व्यवस्थाकायम गर।११. ५० कित्ता भन्दाकम IPO को आवेदन दिननसकिने भन्ने किसिमको नयाएवम् कम पूँजी भएका लगानीकर्तालाई बजार प्रवेश गर्न नदिने चलखेललाई पूर्ण रुपमा रोक्न त्यसता कदम बन्द गर ।१२. मौलिक हक अन्तर्गतको सम्पत्तीको हकमाथि प्रहार गरि नेपाल राष्ट्रबैंकले मार्जीन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमालगाएको छ । मौद्रिक नितिमार्फत समग्र पूँजीबजारको विकासको बाधक बनेको यो व्यवस्था तुरुन्तखारेज गर ।१३. दिनहुँ रुपमा बढिरहेको पूँजीबजारको आकार र पूँजीबजार प्रतिको आकर्षणलाई मध्यनजर गरी सिमिति संख्यामा खोलिएका ब्रोकरको संख्या थप गर्नुको साथै बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय तत्काल कार्यान्वयन गर।१४. ब्रोकर कम्पनीहरुबाट हुने विभिन्न अनुचित कार्यहरु जस्तैः फोन नउठाउने, विक्रि गरेको शेयरको पैसा उचित समयमा नतिर्ने, समयमा खातामा शेयर नहाल्ने जस्ता गतिविधिहरुमाथि यथाशिघ नियन्त्रण गरियोस र यस्ता ब्रोकरहरुको ब्रोकर लाइसेन्स खारेज गर ।१५. FTI, FDI, र FPI लाई मन्त्रिपरिषद्बाट पास गराएर तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवस्था गर  ।१६. TMS मा Trading Time मा भैरहेको प्राविधिक समस्यालाई व्यवस्थित तरिकाले समाधान गर । ब्रोकरमा भईरहेको Display लाई तत्काल सुचारु गर ।