काठमाडौं- काठमाडौंमा यतिबेला एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको रौनक छ । केन्द्रीय कार्यसमिति हेरफेर गर्ने कसरतमा रहेको एमालेले २८ गतेलाई महाधिवेशन उद्घाटनको मिति तोकेको थियो । त्यस दिन एमालेले देशैभरबाट दशौँ हजार कार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्यो । तोकिएकै समयमा महाधिवेशन हुनु र आन्दोलनपछिको संवेदनशील परिस्थितिमा पनि कार्यकर्ताको बाक्लो उपस्थिति देखिनुलाई सकारात्मक कोणबाट हेरिएको छ । […]
अष्ट्रेलियामा भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ र २९ जना घाइते भएका छन्। सिड्नीस्थित बोन्डाई बीचमा यहूदी समुदायलाई लक्षित गरी भएको उक्त गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रहरीले गोलीकाण्डमा २९ जना घाइते भएको बताएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्। हनुक्का पर्वको पहिलो दिन सयौँ मानिस […]
एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे । उनले यस सिजनमा २ सय ७६ रन जोडेका छन् ।
काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। चुनाव हुने भएपछि दुवै समूहका नेताहरू टीम मिलाउन जुटेका छन्। पहिलो दिनको बन्द सत्रपछि आफ्नो प्यानल मिलाउन वरिष्ठ नेता पोखरेल पक्ष थापा गाउँको सम्पर्क कार्यालयमा जुटेको छ। पोखरेल पक्षले युवाहरूलाई अगाडि सार्दै आफ्नो प्यानल घोषणा गर्ने […]
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज पदभार ग्रहण गरेका छन् । मन्त्री सिन्हाले आज पर्यटन मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् । सो अवसरमा उनले मन्त्रालय मातहतका निकाय र विभागमा देखिएका समस्या समाधान गरिने बताए । उनले भने, “हामी निर्वाचन गराउनका लागि नियुक्त भएका हौँ । […]
संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका ४‚ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर ४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो। आज (आइतबार) बिहान ग्यास चुहिएर लिम्बूको घरमा आगलागी भएको थियो। आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँबराबरको क्षति भएको […]