सानिमा लाइफको शेयरमुल्य १० प्रतिशतले बढ्यो

काठमाडौं, १७ भदौ । साताको कारोबारको अन्तिम दिन आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ । यो कम्पनीको लगानीकर्ताले आज सर्वाधिक कमाएका हुन् । यसैगरी, मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।

सम्बन्धित सामग्री

सानिमा रिलायन्स लाइफको सीईओमा पाण्डे

सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । नेपाल बिमा प्राधिकरणले उनको नियुक्तिलाई अनुमति दिएको छ । चार्टर्ड एकाउन्टेन्स समेत रहेका पाण्डेले नेपाल राष्ट्र बैंकमा ३० वर्ष बिताए । पाण्डेले राष्ट्र बैंकमा महत्त्वपूर्ण मानिने नियमन विभागको प्रमुखका रूपमा जिम्मेवारी पूरा गरेका थिए । राष्ट्र बैंकबाट अवकाश पाएपछि उनले सूर्या […]

सानिमा लाइफको सेयर सूचीकृत, आजबाट दोस्रो बजारमा कारोबार

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ६० लाख कित्ता आइपिओसहित दुई करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको पहिलो कारोबारका...

सानिमा लाइफको आईपीओ बाँडफाँड

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिबार बाँडफाँड गरेको हो। आईपीओ मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ। त्यसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन्। आईपीओमा २४ लाख १९ हजारको आवेदन परेको थियो।

सानिमा लाइफको आइपीओ बाँडफाँट हुँदै, तोकियो मिति

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर आइपीओ बाँडफाँटको मिति तोकिएको छ ।

सानिमा लाइफको आईपीओ शनिबार बाँडफाँट हुने

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर भोलि शनिबार बाँडफाँट हुने भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि शनिबार सानिमा लाइफको दरमार्गस्थित कार्यालयमा बिहान ११:०० बजेदेखि बाँडफाँट हुने भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि हुने

सानिमा लाइफको  इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शनिबार हुने भएको छ ।

सानिमा लाइफको आइपिओ बिक्री खुला

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिक्री खुला भएको छ। इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले हाल कायम जारी पुँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात् रु. ६० करोड रकम बराबर प्रतिसेयर रु. १०० अङ्कित दरका ६० लाख कित्ता सेयरमध्ये पाँच प्रतिशत सेयर बराबर तीन लाख कित्ता सामूहिक […]

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ आजदेखि खुलेको छ। कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर आजदेखि बिक्रीका लागि खुला गरिएको हो । सानिमा लाइफको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ जारी भएपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउनेगरी सो बराबरको शेयर जारी गरिएको हो । त्यसमध्ये […]

सानिमा लाइफ एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमा आवद्ध

सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट्स इन्टरफेसमा आवद्ध भएको छ । सानिमा लाइफको भुक्तानी प्रणालीलाई नेसनल पेमेन्ट्स इन्टरफेस सिस्टममा आवद्ध गराउने सम्बन्धी सम्झौतामा सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई नेशनल पेमेन्ट्स इन्टरफेस सिस्टममासँग जोडेपछि इन्स्योरेन्स […]

ग्रीन लाइफको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

ग्रीन लाइफ हाइड्रोपावर र सानिमा क्यापिटलबीच सेयर शेयर रजिष्ट्रारसम्वन्धी सम्झौता भएको छ।