नेपाल र बङ्गलादेशबीच क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड

क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझा रणनीतिका साथ अघि बढ्नुपर्नेमा नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबीच समझदारी बनेको छ । दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा यहाँ आयोजना गरेको ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टु बी एक्सचेन्ज कार्यक्रम’ का दौरानमा क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझेदारिता …

सम्बन्धित सामग्री

पर्यटन प्रवद्र्धनमा जोड देऊ

कोरोना महामारीले ल्याएको शिथिलतामा कमी आउन थालेको देखिएपछि नेपाली पर्यटन जगतमा केही आशा पलाउन थालेको छ । विश्वभर कोरोना महामारीको चाप र नेपाल आफैंमा पनि विश्व आवतजावतको ‘ट्रान्जिट’ भएकाले कोरोना महामारीको निकै ठूलो असर परेको थियो । तर, यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा भने नेपालमा पर्यटकको आगमन संख्या १ लाखभन्दा बढी देखिएपछि यसले […] The post पर्यटन प्रवद्र्धनमा जोड देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यूएईसँग लगानी र व्यापार प्रवद्र्धनमा जोड

नेपाली युवाका लागि प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपालले ठूलो व्यापार, पर्यटन र लगानीको सम्भावनाको खोजीका लागि पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।नेपाल–यूएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको छैटौं वार्षिक साधारण सभामा उनीहरुले यूएईसँगको ठूलो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई राम्रो रणनीतिका लागि सुझाव दिएका हुन् ।दुई देशबीचको व्यापार असन्तुलित […]

अब होटलले प्लाष्टिकरहित सेवा दिने

नेपालका होटल तथा रिसोर्टले प्लास्टिकका सामान मुक्त सेवा प्रदान गर्ने भएका छन् । विश्वलाई आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले होटल संघ नेपाल (हान) ले प्लास्टिकरहित सेवा प्रदान गर्न लागेको हो । होटल संघ नेपालले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य […]

नीतिमा कम चासोपछि बजेट कुर्दै पर्यटन क्षेत्र

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८०का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्र कम चासोमा परेको सरोकारवालाले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा प्रभावित र सबैभन्दा पछि लय लिन थालेको पर्यटन क्षेत्रमा ठोस नीति नआएको भन्दै उनीहरूले बजेट कुर्ने बताएका हुन् । मंगलवार नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले आउने आइतवार आगामी आवको बजेट सार्वजनिक गर्दै छ । उक्त बजेटमा ठोस र पर्यटनका लागि युगान्तकारी कार्यक्रमको अपेक्षा गरिएको पर्यटन व्यवसायी तथा होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । ‘पर्यटन क्षेत्र अहिले पनि सामान्य अवस्थामा आइसकेको छैन,’ शाहले भने, ‘यसमा हामीले ठोस तथा युगान्तकारी नीतिको अपेक्षा गरेका थियौं ।’ तर, केही दिनमै बजेट आउने भएकाले त्यसमा कस्तो खालका कार्यक्रम आउने हो, कुर्नैपर्ने उनले बताए । सरकारले सन् २०२० मा घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ कार्यान्वयन नहुँदै स्थगित गरिएको थियो । कोरोना भाइरसका कारण भ्रमण वर्ष स्थगित गरिए पनि अब त्यस्तै खाले ठूलो इभेन्ट पुन: घोषणा गर्नु आवश्यक भएको उनले बताए । आउँदो बजेटमै पर्यटन पुनरुत्थानका लागि ठूलो इभेन्ट सरकारले घोषणा गर्नुपर्नेमा उनले जोड दिए । सन् २०२० को भ्रमण वर्षका लागि पर्यटन व्यवसायीले विभिन्न २६ ओटा कार्यक्रम तयार गरेका थिए । त्यसलाई संशोधन गरेर र आवश्यकताअनुसार घटाएर भए पनि त्यसबेलाको तयारीलाई पुन: जगाउन आवश्यक भएको व्यवसायीको भनाइ छ । ‘भम्रण वर्षका लागि भएको तयारी अहिले पनि सक्रिय बनाउन सकिन्छ,’ शाहले भने, ‘बजेटमा ठूलो इभेन्ट घोषणा गरौं, तयारीका लागि १/२ वर्ष समय दिऊँ ।’ यस्तै तर्क वर्ल्ड टुरिजम नेटवर्कका संस्थापक सदस्यसमेत रहेका नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको पनि छ । उनले पनि पर्यटन क्षेत्रको पुनरुत्थान र यसलाई गति दिन ठूलो इभेन्ट आवश्यक भएको बताए । १/२ वर्षभित्रमा कार्यान्वयनमा जाने गरी आगामी बजेटमा सन् २०२० मा स्थगन भएको भ्रमण वर्ष जस्तै ठूलो कार्यक्रमको घोषणा गरिनुपर्ने जोशीले बताए । ‘अहिलेको नीति तथा कार्यक्रम हेर्दा नीति निर्माताहरूले पर्यटन क्षेत्रको आशय बुझेको जस्तो देखिएको छ,’ जोशीले भने, ‘किनभने पर्यटनलाई अर्थतन्त्रको गतिशील आयामको रूपमा सबै प्रकारका आर्थिक गतिविधिसँग आबद्ध गरिने भनिएको छ ।’ पर्यटन क्षेत्र एकल रूपमा सञ्चालन हुन सक्ने व्यवसाय नै नभएको भन्दै उनले बहुआयामिक पाटोमा पर्यटनलाई जोडेरमात्रै अघि बढ्न सकिने उनले बताए । विमानस्थलमा पनि राम्रो सम्बोधन भएकाले अन्य पुनरुत्थानका लागि भने बजेट नै कुर्नुपर्ने उनको प्रतिक्रिया छ । नीति तथा कार्यक्रममा पर्यटनलाई अर्थतन्त्रको गतिशील आयामका रूपमा सबै प्रकारका आर्थिक गतिविधिसँग आबद्ध गरिने उल्लेख छ । पर्यटकीय स्थल र वस्तुको विविधीकरण गर्दै पर्यटन क्षेत्रमा रोजगारी वृद्धि, विदेशी मुद्रा आर्जन र स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिने भनिएको छ । एकीकृत पर्यटकीय पूर्वाधार र उच्च मूल्ययुक्त पर्यटन उपजको विकास तथा प्रवद्र्धनमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने बताइएको छ । अहिले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध पनि सञ्चालनमा ल्याइसकेको सरकारले आगामी आवको नीति तथा कार्यक्रममा नयाँ प्रादेशिक विमानस्थल निर्माण गर्न शुरू गर्ने घोषणा गरेको छ । उक्त नीति तथा कार्यक्रममा भेरीगंगा रामघाटमा यस्तो विमानस्थल निर्माण शुरू गर्ने घोषणा गरिएको छ । आउँदो बजेटमा नेपालमा प्रवेश गर्न सहज बनाउन ई–भिसा, सीमावर्ती क्षेत्रमा आवश्यकताका आधारमा प्रवेश विन्दु, हस्पिटालिटी क्षेत्रका लागि अभियानकै रूपमा जनशक्ति बढाउने खालका कार्यक्रम आउनुपर्ने जोशीले बताए । अहिले बन्द भएको हस्पिटालिटी एकैपटक खुलेका बेला दक्ष तथा शीपयुक्त जनशक्ति बाहिर गएकाले स्वदेशमा जनशक्तिको अभाव टार्न पनि अभियान अघि बढाउनुपर्नेमा जोड दिइएको छ । कोरोनापछि एकैपटक विश्व पर्यटन बजार खुला भएकाले प्रतिस्पर्धा पनि अधिक हुने भन्दै सरकारले ठोस कार्यक्रम बजेटमार्फत ल्याएर सघाउनुपर्ने व्यवसायीको माग छ ।

नेपाल–पाकिस्तानबीच पर्यटन प्रवद्र्धनमा जोड

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता रहेको बताए । शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन सम्बन्धि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजनाहरु बनाउने […]

नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा मालाकार

नवनिर्वाचित अध्यक्ष मालाकारले नेपाल र कुवेतको व्यापारिक सम्बन्ध विस्तार, दुवै देशको पर्यटन प्रवद्र्धनमा जोड दिनुका साथै दुई देशबीच प्रत्यक्ष हवाई सेवा विकास गर्नुपर्नेमा जोड दिएका छन्।...

जडीबुटीको प्रयोग

मुलुकको विकासका लागि धेरै सम्भावनाको व्यावहारिक उपयोग आवश्यक हुन्छ । कृषि, पर्यटन, वन–वनस्पति, जलविद्युत्, शिक्षालगायतका विभिन्न क्षेत्रका सबैखाले सम्भावना भरपूर उपयोग गर्न सक्दामात्र मुलुकको समृद्धि हासिल गर्न सकिन्छ । वनस्पतिमा पनि सम्भावना बोकेको महŒवपूर्ण क्षेत्र हो– जडीबुटी । नेपाल बहुमूल्य जडीबुटीको भण्डारका रूपमा रहेको छ । यस्ता महŒवपूर्ण जडीबुटीको अध्ययन, अनुसन्धान, अभिलेखीकरण र पहिचानका साथै व्यवसायीकरण गर्नुपर्छ । जडीबुटी निकासीलाई सहज बनाउन नेपालमा उत्पादित तथा सङ्कलित जडीबुटीको प्रशोधनको प्रबन्ध हुनु जरुरी छ । जडीबुटीलगायत महŒवपूर्ण गैरकाष्ठ वनपैदावारको व्यवसायीकरण र मूल्य अभिवृद्धि गरी निकासी प्रवद्र्धनमा जोड दिनु आवश्यक छ । जडीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन र व्यवसायीकरणको विशेषखालको प्राविधिक जनशक्ति र ठूलो लगानी आवश्यक पनि पर्दैन । सामान्य ज्ञान तथा सानो लगानीबाट पनि कृषि बालीजस्तै यसको खेती गर्न सकिन्छ । तर, बजार सुनिश्चित नहुँदा बेलाबखत निरुत्साहित हुने गरेका उदाहरण पनि छन् । तर, सबै पक्षसँग प्रभावकारी समन्वय र सहकार्य हुन सक्यो भने बजार पनि सुनिश्चित हुनेछ ।