पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रण भएको छ । एक हजार ११४ जनाको पिसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६ मध्ये विराटनगरमा ४३, इलाममा पाँच, सङ्खुवासभामा तीन, भोजपुर र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा, उदयपुर र प्रदेश बाहिरका एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आजै ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त...