काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन्।मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा(बकर इद)का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वले जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताएकी छन्।