अमेरिकी राष्ट्रपति बाइडेनद्वारा रुसी कदमबारे राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग भेट गरेका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि राष्ट्रपति बाइडेनले सुरक्षा टोलीसँग छलफल गरेका हुन् ।‘आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगत रूपमा क्याम्प डेभिडमा युक्रेनतर्फ निरन्तर रुसी आक्रामक कारबाहीहरूबारे छलफल गर्न भेट गर्नुभएको छ’ ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।