विराटनगर । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै प्रदेश १ मा कोरोना संक्रमण दर बिस्तारै बढ्न थालेको छ । पछिल्लो १० दिन यता संक्रमणको दर फेरि बढ्न थालेको हो ।संक्रमण दर बढेसँगै फेरि कोभिड अस्पतालहरुमा बिरामीहरुको चाप बढ्न थालेको छ । पहिला शहरी सघन बस्ती भएका मोरङ, सुनसरी र झापा जिल्लामा संक्रमणको दर उच्च रहँदै आएकोमा पछिल्ला दिनमा तराईसँगै पूर्वी पहाडी जिल्लाहरूबाट उपचारका लागि बिरामीहरु अस्पताल आउने क्रम बढेको अस्पतालहरुले जनाएका छन् ।सरकारले कोरोना संक्रमणको दर घटेको भन्दै निजी अस्पतालले च