एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

भदौ २३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार रहेको छ ।  एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी ग्रोथ फण्डले इकाई वितरणको लागि भदौ २७ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् ।  एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले इकाईधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव निर्णय गरेका छन् ।   

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुई बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि बुक क्लोज गर्ने भएका छन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी बैंकहरूको साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।   एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २८ गते साधारण सभा आयोजना गरेको छ । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त दिन बिहान ९ बजेबाट शुरु हुनेछ ।  एभरेष्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलई १० प्रतिशत बोनस शेयर र करसहित १० दशलमव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज ३० गते साधारण सभा बोलाएको छ । सभा लैनचौरस्थित लैनचौर ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।

दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक २२, काठमाडौं । दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम आज (सोमवार) अन्तिम दिन रहेको छ । गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंगलवार (कात्तिक २३ गते) बुक क्लोज गर्दैछन् । नेप्सेमा आज अर्थात् सोमवार कारोबार भइ कायम शेयरधनीहरुले दुवै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १० गते आफ्नो प्रधान कार्यालय, राज भवन, तीनकुनेमा ११औं वार्षिक साधारण सभा बोलाएको छ । सभा राज भवन तीनकुने, काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्स माध्यमबाट हुने जानकारी गराएको हो । सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न चौथो वार्षिक साधारण सभा मंसिर ५ बोलाएको छ । कम्पनीले धरान व्याकेट, धरान–१३, सुनसरीमा उक्त साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ दशमलव ४१ प्रतिशत अर्थात ९ करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहको दुई जना सञ्चालहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

नबिल ब्यालेन्स फण्ड - २ सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

असोज १०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको पौने दुई घण्टाको अवधिमा नबिल ब्यालेन्स फण्ड -२ सहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग  रहेको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको हो । नबिल ब्यालेन्स फण्ड २,मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,सानिमा बैंक,एनआईसी एशिया ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्डको इकाईमा उच्च खरीद माग रहेको छ ।  ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी नबिल ब्यालेन्स फण्ड - २ को इकाईमा १७ लाख ६० हजार ६८२ इकाई खरीद माग रहेको छ ।  उक्त फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार रहेकाले पनि खरीद माग उच्च रहेको हो । फण्डले गत आवको मुनाफाबाट इकाईधनीलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्न का लागि भोलि असोज ११ गते बुक क्लोज गरेसँगै आइतवारसम्म इकाईधनीले लाभांश पाउनेछन् ।  त्यसैगरी मनकामना स्मार्ट लघुवित्तको शेयरमा २ लाख ८१ हजार ८२६ कित्ता,सानिमा बैंकको १ लाख ९६ हजार ८७४ कित्ता,एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख ८४ हजार १७३ इकाई र नबिल इक्विटी फण्डको इकाईमा १ लाख ७० हजार ५१९ इकाई खरीद माग रहेको छ ।

एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ २४, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्रोथ फण्डको नगद लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी ग्रोथ फण्डले इकाई वितरणको लागि भदौ २७ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म शेयर कमायम गर्नुपर्ने भएको हो ।  एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले इकाईधनीलाई कर सहित ३०/३० प्रतिशतका दरले नगद लाभांश वितरण प्रस्ताव निर्णय गरेका छन् ।

एनआईसीको २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले संचालन गरेको सामुहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ २४ गते अन्तिम दिन रहेको छ । लाभांश बितरणको लागि क्यापिटलले  भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ २४ गतेसम्म कायम इकाईधनीले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश पाउँन सक्ने छन्। क्यापिटलले यस अघि नै एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरिसकेको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई २५ करोड ५ लाख ६० हजार र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीलाई २२ करोड ६५ लाख रुपैयाँ बराबरको प्रतिफल बितरण गर्ने छ  । क्यापिटलले संचालन गरेको अर्को योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुले भने १० प्रतिशतका दरले प्रतिफल पाउने छन् । यसको बुक क्लोज भने यस अघि नै भईसकेको छ ।

एनआईसी एशिया डाइनामिक फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

साउन २७, काठमाडौं । एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवारसम्म रहेको छ ।  फण्डले १० प्रतिशत नगद लाभांश वितरणको लागि साउन २८ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम इकाईधनीले नगद लाभांश पाउने छन् ।  कोष व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट फण्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।