काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई नवौँ झट्का लागेको छ। ४८ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका छन्।यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने ६ रन बनाएर आशिफ शेख आउट भए। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भए भने २१ बलमा ३२ रन बनाएर कुशल मल्ल आउट भए। यस्तै १२ रन बनाएर गुलशन झा आउट भए। त्यस्तै ५ रन बनाएर सन्दीप जोरा आउट भए भने विवेक यादव एक चौकाको मद्धतले ६ रन आउट भए। २६ रन बनाएर सोमपाल कामी पनि आउट भएका हुन्।१८
काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन् । आफ्नो स्पेलको पहिलो ओभर बलिङमा आएका सोमपालले २.३ ओभरमा कुवेतका ओपनर प्रविन्दर कुमारलाई एलबीडब्लू आउट गरे । यसअघि, नेपाललाई पहिलो सफलता दिलाउने क्रममा करण केसीले अद्कनन् इद्रिसलाई शून्यमा आउट गरेका थिए । कुवेत दुई […]
रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीमा नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको रोमाञ्जक जित हाँसिल गरेको छ । हारको नजिक पुगेको नेपाललाई जिताउन रोहित र सोमपालले सम्हालिएको ब्याटिङ गरेपछि जित पक्का भएको हो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर त्यसपछि खराब लय हाबी हुँदा नेपाल कठिन अवस्थामा पुगेको थियो ।नेपालका लागि कुशलले १५ तथा आशिफले ३० रनको योगदान गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ६, आरिफ शेख ९, सरद भेसवाकर ६, कुशल मल्ल १ तथा पवन सर्राफ शून्यमा आउट भए । अन्तिम समयमा सोमपाल र रोहितले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई रोमाञ्जक जित दिलाएका हुन् । रोहित ६५ बलमा २ चौकासहित ४१ रन बनाएर आउट हुँदा सोमपाल ३२ बलमा १ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनीका लागि लेगा सियाकाले ३०, गाउडी टोकाले २२ तथा चार्ल्स अमिनीले २३ रन बनाए । अरु ब्याट्सम्यान खासै जम्न सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ तथा विक्रम शोब र कुशल मल्लले समान दुई दुई विकेट लिएका थिए ।ट्राई नेसन एकदिवसीय सिरिजका लागि ओमान पुगेको नेपाली टोलीले पिएनजीसँग तयारी खेल स्वरुप दुई एकदिवसीय खेल्न लागेको हो । अर्को एकदिवसीय खेल शुक्रबार हुनेछ ।ट्राइ नेसन सिरिज सेप्टेम्बर १३ देखि सुरु हुनेछ ।
जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट अन्तर्गत सातौं स्थानको प्लेअफमा नेदरल्याणविरूद्ध नेपालका सोमपाल कामीले ३ विकेट लिइसकेका छन्। पहिलो ओभरमै विकेट लिएर दबाबमा परेको नेदरल्याण्डले तीन विकेट गुमाउँदै १० ओभरमा ३९ रन बनाएको छ। पहिलो ओभरको तेस्रो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका वारेसीलाई शून्यमा आउट गराए। त्यस्तै तेस्रो ओभरको दोस्रो बलमा कोपेरलाई आउट बनाएका छन्। यस्तै १०औं…