नेपाली सेनाले सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. २ स्थित कमला नदीमा मनसुन पूर्व विपद् प्रतिकार्यको लागि असार १५ गतेदेखि १७ गतेसम्म तीन दिने प्रदेश स्तरीय विपद् व्यवस्थापन एकीकृत अभ्यास "अभ्यास हातेमालो" सम्पन्न गरेको छ । मधेस प्रदेशका मुख्य मन्त्री लाल बाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा, डुबान क्षेत्रबाट प्रभावित अवस्था बनाई जल उद्धारका विभिन्न डेमोस्ट्रेशनसहित नेपाली सेनाको विपद् टोलीद्वारा हेलकप्टरबाट उद्धार अभ्यास गरिएको थियो । कार्यक्रममा श्री नं. २७