काठमाडौं । सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको छ। कोरोना भाइरस भित्रिएसँगै २०७६ फागुनदेखि पर्यटक भिसा बन्द थियो। महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय भएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए। यससँगै आगामी सिजनमा पर्यटकको संख्या बढ्ने सरकारको अनुमान छ। जसकारण व्यवसायी उत्साहित बनेका छन्। पर्यटकलाई ससर्त आउन दिने […]