काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग कडा भएको नभइ कानुनको पालना मात्रै गराउन खोजेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौ पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले आम मानिसमा आयोग कडा भएको भन्ने भ्रम सिर्जना भएको भन्दै आयोगले संविधानलाई कार्यान्वयन गरेको बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता अनुशासित भए आयोग कडा भएको अनुभव नै गर्न नपर्ने उल्लेख गर्नुभयो । कानुनले भनेका कुरा पूर्णतया पालना गराउने पक्षमा आयोग रहेको उहाँको भनाइ छ...