बाराको संघीय निर्वाचन क्षेत्रमा भएको भागबण्डाप्रति गठबन्धन घटक सन्तुष्ट

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धन बीच भागबण्डा लगभग सहमति नजिक पुगेको अवस्थामा बारामा भने गठबन्धन घटक सन्तुष्ट देखिएका छन् । बाराको ४ वटा संघीय निर्वाचन क्षेत्रमा सिट बाँडफाँटबारे केन्द्रीय तहमा लगभग सहमति जुटेको छ । जसअनुसार बारा क्षेत्र नं १ नेपाली कांग्रेस, क्षेत्र नं २ र ३ जनता समाजवादी पार्टी र क्षेत्र नं ४ नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको छ ।०७४ मा सम्पन्न निर्वाचनमा क्षेत्र नम्बर१ मा कांग्रेस, २ र ३ मा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) र क्ष

सम्बन्धित सामग्री

निर्वाचनका लागि तरुणदलले खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ । तरुण दलले कांग्रेसलगायत गठबन्धन दलका उमेदवारलाई विजयी गराउन सबै संघीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील बनाउने निर्णयानुसार केन्द्रीय प्रतिनिधि खटाएको...

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले संघीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच सङ्घर्ष हुने बताउनुभयो । मन्त्री श्रेष्ठले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गर्नुभयो । संगठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई […]

मोरङमा सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस

आफ्नै पार्टीभित्रको विवादका कारण टिकट वितरणमा समस्या झेलिरहेको नेपाली कांग्रेसका लागि मोरङमा गठबन्धन भित्रका दललाई रिझाएर आफ्नै नेताको व्यवस्थापन गर्नुपर्ने अर्को समस्या देखिएको छ ।आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि टिकटको दाबी विरोध गर्दै नेपाली कांग्रेसका नेताहरु माथिल्लो तहका नेताको ढोका ढक्ढक्याइरहेका छन् । इतर पक्षका नेता शेखर कोइराला पक्षको पकड रहेको मोरङमा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु पनि टिकटको दौडमा छन् ।मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा ठुलो रस्सा