काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादले मुलुकलाई हर प्रकारले स्वतन्त्र, सार्वभौमिकता सम्पन्न र स्वाधीन बनाउँदै आत्मनिर्भरता तिर लाने भएकाले जबजको अर्थ नभएको टिप्पणी गरेका छन् । ‘समाजवाद र अबको बाटो’ विषयक कार्यक्रम बोल्दै उनले दलाल पूँजीवादले मुलुकलाई अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादको पक्षधर बनाउँदै लाँदा मुलुकको राष्ट्रियता नै ध्वस्त हुने जिकिर गरे । […]