गण्डकी प्रदेशमा थप ५१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०१ जनाको नमुना परीक्षण गरिएकामा ५१९ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१९ महिला र २५८ जना पुरुष रहेका छन् ।प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की २५५, बागलुङ ८, स्याङ्जा ३६, गोरखा ५७, लमजुङ २, तनहुँमा १०७ र नवलपुरमा ५४ जनामा संक्रम