चीनका राष्ट्रपति सी चिनपिङले गत साता तिब्बतको भ्रमण गरेपछि त्यस भ्रमणको रणनीतिक उद्देश्यका विषयमा अनेकौं टीकाटिप्पणी गरिएका छन् ।
तिब्बतको स्थिरता तथा विकासमा जोड दिने नीतिमा सी प्रतिबद्ध देखिन्छन् । भ्रमणका क्रममा उनले स्थानीय अधिकारीहरूलाई राष्ट्रिय एकता सुदृढ बनाउन तथा पृथक्तावादको सामना गर्नका लागि देशभक्तिको शिक्षा दिन निर्देशन समेत दिएका छन् ।
विशेषगरी दलाई लामा र उनका अनुयायीहरूले फैलाउन खोजेको पृथक्तावादी भावनालाई निस्तेज पार्न सीको जोड देखिन्छ । तिब्बतलाई अभेद्य किल्ला बनाउनका लागि यसअघि पनि उनले नि...