व्यवस्था बदलियो, सत्तासिन दलहरूको राजनीतिक संस्कार बदलिएन : केसी

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा पटक–पटक राजनीतिक व्यवस्था बदलिए पनि सत्तासिन दलहरूको राजनीतिक संस्कार नबदलिएको बताउनुभएको छ ।  बहुमतप्राप्त नेकपा सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नै संसद विघटन गरिएको सन्दर्भ जोड्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । राजमो दाङको आयोजनामा आज दाङको घोराहीमा आयोजित विरोधसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको थियो । ‘पटक–पटक राजनीतिक व्यवस्था बदलिए, तर सत्तासिन दलहरूको राजनीतिक संस्कार बदलिएन’ अध्यक्ष केसीले जोड दिएर भन्नुभयो– ‘राणाशासन गयो, पञ्चायती व्यवस्था गयो, आखिरमा राजतन्त्र पनि गयो, तर सत्ता चलाउने दलहरूको संस्कार बदलिएन ।’ उहाँले गुनासो गर्नुभयो– ‘व्यवस्था बदलिए पनि नेपाली जनताले जनताले कहिल्यै सुखको सास फेर्न पाएनन् ।’ २००७ सालयता कुनै पनि सरकार सरदर छ महिना वा सालभरभन्दा बढी नचलेको बताउँदै उहाँले देशको राजनीतिक इतिहास कोट्याउनुभयो । ‘२०१५ सालमा चुनाव हुँदा नेपाली काङ्ग्रेसको बहुमतस्वरूप ७४ सिट पाएको थियो’ केसीले अगाडि भन्नुभयो– ‘तर काङ्ग्रेसभित्रकै केही नेताले आफ्नै सरकारको विरुद्ध राजालाई उक्साए; र, संसद विघटन गर्न लगाए ।’  त्यही कारणले गर्दा पनि २०१७ सालको राजनीतिक कू हुन पुगेको उहाँको भनाइ थियो । उहाँले तत्कालीन नेपाली काङ्ग्रेसको त्यस खालको गल्तीको नियती नेपाली जनताले ३० वर्षे निरङ्कुश पञ्चायती व्यवस्थाको रूपमा बेहोर्नुपरेको स्मरण गर्नुभयो । ‘२०४६ सालको परिवर्तनपछि फेरि विगत बिर्सेर नेपाली जनताले नेपाली काङ्ग्रेसलाई प्रष्ट बहुमत दिए’ उहाँले भन्नुभयो– ‘तर काङ्ग्रेसमा फेरि त्यही समस्या दोहोरियो ।’ उहाँले प्रष्ट्याउनुभयो– ‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेकै बेला काङ्ग्रेस छत्तिसे र चौहत्तरे गुट बन्यो । छत्तिसे गुट सरकारको विरुद्ध उभिएपछि गिरिजा सरकार ढल्यो; र, २०५१ सालमा मध्यावधि निर्वाचन भयो ।’ अध्यक्ष केसीले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली जनताले काङ्ग्रेसलाई सबक सिकाएर तत्कालीन नेकपा (एमाले) लाई ठुलो पार्टीको रूपमा उभ्याएको स्मरण गर्नुभयो । ‘दुःखको कुरा, गिरिजाको सिको मनमोहन सरकारले पनि गरे, उनी संसद विघटन गर्न खोजे पनि त्यतिखेर मध्यावधि निर्वाचन भएन, बरु पछि ज्ञानेन्द्रले बहुदलीय व्यवस्था नै अपहरण गरे’ केसीले इतिहासको सङ्क्षिप्त चित्र प्रस्तुत गर्नुभयो । अहिले सत्तारूढ दलबाट भएको ...

सम्बन्धित सामग्री

‘निजामती सेवा’ नाम परिवर्तनको बहस संसदमा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपालमा १० वर्षको सशस्त्र द्वन्द्वसँगै २०६२–०६३ सालको जनआन्दोलनपछि शासन व्यवस्था बदलियो । परिवेश बदलिए पनि कर्मचारीको आफ्नै मौलिकता झल्कने नाम -

२०४५ सालदेखि रातो पुर्जाकै लडाई !

२०४५ यता व्यवस्था बदलियो धेरै सरकार परिवर्तन भयो, देश: प्रदेश संरचनामा पुग्दा समेत चन्द्रबहादुर मात्रै होइन पठान टोलका १ सय २५ घरधुरीले रातो पुर्जा नपाउँदा दुखित छन्।...

व्यवस्था बदलियो, महिलाको अवस्था बदलिएन : कांग्रेस नेतृ

काठमाडौं, १ असोज । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले व्यवस्था बदलिए पनि महिलाको अवस्था नबदलिएको बताएकी छन् । ‘समाज अहिले पनि पितृसत्तात्मक छ । व्यवस्था बदलिएको छ, महिलाको अवस्था बदलिएको छैन । एक्काइसौं शताब्दीमा पनि महिलामाथि हिंसा र बलात्कार भइरहेको छ । दमन र उत्पीडन छ । नेपालकै सुदूरपश्चिममा छाउपडी प्रथा छ, तराईमा बोक्सी […]

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएको छन्। माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन।’ उनले सामाजिक न्याय र समानतालाई…

व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन सकेन : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओवादी केन्द्र चितवनले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पु¥याउन आवश्यक रहेको बताए । “निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था […]

व्यवस्था बदलियो,जनताको अवस्था बदलिएन: अध्यक्ष प्रचण्ड

माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताए।...

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताउनुभएको छ ।  माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । ‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन’, उहाँले भन्नुभयो, ‘घर आँगन बदल्ने, उज्यालो ल्याउने, समृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र सम...

शिक्षकबाट सैलुन व्यवसायी बनेका रामदिनेश ठाकुर : सुर्खेतले लायो मोहनी

वीरेन्द्रनगरको रातोपुल नजिकै सैलुन चलाइरहेका ५५ वर्षीया रामदिनेश ठाकुर सुर्खेत झर्दा मात्र २० वर्षका युवा थिए  । महोत्तरीको रामगोपालपुर नगरपालिका–३ का रामदिनेश यहाँ आएर सैलुन चलाएको ३५ वर्ष भएको छ । यो अवधिमा देशको व्यवस्था बदलियो तर उनको दैनिकी बदलिएको छैन ।२०४३ सालमा एसएलसी सकाएर शिक्षण पेशाको सिलसिलामा २०४५ सालतिर उनी सुर्खेत आएका थिए । वीरेन्द्रनगर भन्दा २० किलोमिटर पश्चिम बराहताल गाउँपालिकाको कुम्बिकोट हुड्केको एक सामुदायिक विद्यालयमा उनी अस्थायी शिक्षक थिए । तर त्यहाँ उनले करिब

गणतन्त्रको १४ वर्ष : व्यवस्था बदलियो नागरिकको अवस्था भने उस्तै

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएको छ । बि.सं २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै २ सय ४० वर्ष पूरानो राजतन्त्रको अन्त्य गर्यो । जसले राष्ट्र प्रमुखको रुपमा रहेको शाह बंशीय परम्पराको जरो किलो उखेल्यो र देशको शासन सत्ता नागरिकको हातमा आयो । १९ […]

प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्

नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन ।