पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाई र आंशिक ठहर मात्रै गरेको भन्दै अख्तियारले असारदेखि कात्तिक २१ गतेसम्म १२४ थान मुद्दा पुनरावेदन गरेको छ । अख्तियारले मंगलबार पत्रकार सम्मेलन गर्दै साढे ५ महिनाको अवधिमा यो सङ्ख्यामा पुनरावेदन गरेको हो ।अख्तियारले भ्रष्टाचार, घुस रिसवत गैरकानुनी सम्पत्ति आर्जन लगायतका विषयमा विशेष अदालतमा मुद्दा चलाउँछ । विशेष अदालतबाट भएको फैसला चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।