प्राचीन चिकित्सा पद्धति: सोवा रिग्पा

प्राचीन उपचार पद्धति सोवा रिग्पा (आम्ची) अध्ययनरत जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्ने र सरकारी अस्पतालमा पनि यो उपचार पद्धतिलाई विस्तार गर्ने तयारी अगाडि बढेको छ।

सम्बन्धित सामग्री

प्राचीन चिकित्सा पद्धति: सोवा रिग्पा

प्राचीन उपचार पद्धति सोवा रिग्पा (आम्ची) अध्ययनरत जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्ने र सरकारी अस्पतालमा पनि यो उपचार पद्धतिलाई विस्तार गर्ने तयारी अगाडि बढेको छ।

सोवा रिग्पा चिकित्सा पद्धतिलाई मुल प्रवाहमा ल्याउन सरोकारवालाको जोड

नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयमा सोवा रिग्पा एसोसिएसन नेपाल र अडारा विकासले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागीले प्राचीन प्राकृतिक चिकित्सा पद्धति सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन जोड दिएका हुन्।

यही अवस्था हो भने ५ वर्षपछि चिकित्सक र नर्स पाइँदैन: मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चिकित्सा शिक्षा अध्ययनका लागि सहजीकरण गर्न नसके आगामी समयमा देशमा स्वास्थ्य जनशक्तिको अभाव हुनसक्ने बताए । मन्त्री बस्नेतले चिकित्सा अध्ययनका लागि एक सयदेखि तीन सयसम्म शैय्याका अस्पताललाई प्यारामेडिक्स र नर्सिङ र तीन सय बढी शैय्याका अस्पतालमा मेडिकल अधिकृत पठनपाठनको अनुमति दिन चिकित्सा शिक्षा आयोगलाई मन्त्रालयले गरेको प्रस्ताव स्मरणसमेत गराए । 'यही अवस्था हो भने ५ वर्षपछि चिकित्सक र नर्स पाइँदैन,' मन्त्री बस्नेतले भने, 'स्वास्थ्य क्षेत्रमा रहेको भाँडभैलोलाई हामीले प्रस्ताव राखेको कुरालाई कानुनअनुसार कारबाही हुनसके सातै प्रदेशमा थोरै जनशक्ति थपेर मेडिकल कलेज खोल्न सकिन्छ ।' उनले चिकित्सक एवं स्वास्थ्यकर्मीले उमेरका कारण सेवाबाट अवकास लिएपछि पनि आफ्नो ज्ञान र अनुभव बाँड्ने अभ्यास जारी राख्न सुझाव दिए। 'नेताहरू कहिल्यै रिटार्यड भएनन्, ९२ वर्ष उमेरका पनि प्रधानमन्त्री हुनुभयो । तर तपाईंहरू किन रिटार्यड हुने ?' मन्त्री बस्नेतले चिकित्सकतर्फ लक्षित गर्दै भने । उनले ट्रमा सेन्टरलाई आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउनेसमेत प्रतिबद्धता व्यक्त गरे । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले दक्ष जनशक्तिको उत्पादन, भरपर्दो, विश्वासनीय, गुणस्तरीय साथै विज्ञेषज्ञ सेवा प्रवाह गर्न सुझाव दिए। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका लागि नर्सिङ पारामेडिकल र एमबिबीएस शैक्षिक कार्यक्रम सञ्चालनका लागि राखेको प्रस्तावप्रति उनले आभारसमेत प्रकट गरे। सेन्टरका निर्देशक डा बद्री रिजालले ट्रमा उपचार केन्द्रसँग समन्वय र सहकार्य गर्नेगरी सेन्टरलाई ट्रमासम्बन्धी उपचार एवं अध्ययन अनुसन्धानका लागि ‘सेन्टर अफ एक्सिलेन्स’का रुपमा विकास गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए। 'जनसङ्ख्या वृद्धि, प्राकृतिक प्रकोपमा बढोत्तरी, विपत्ति आदि कारणले हुने दुर्घटनाजन्य बिरामीको चापमा हुने वृद्धिका कारण यस सेन्टरको क्षमता विस्तार गर्दै नयाँ प्रविधिसहित सेवा प्रवाह गर्न सम्बन्धित निकायले विशेष ध्यान दिन जरुरी रहेको छ,' डा रिजालले भने, 'नेपाल सरकारको पछिल्लो नीतिअनुसार प्राथमिक ट्रमा उपचार केन्द्रसहित देशैभर विभिन्न स्थानमा ट्रमा सेन्टर तत्काल स्थापना गनुपर्ने आवश्यकता रहेको छ ।' वार्षिकोत्वका अवसरमा पूर्वनिर्देशक डा अशोक रत्न बज्राचार्य, डा बुलन्द थापा, डा प्रमोदकुमार उपाध्याय र नर्सिङ सेवातर्फ रत्नमाया सुवाललाई सेन्टरले सम्मान गरेको थियो । सेन्टरबाट आर्थिक वर्ष २०७९/८० मा एक लाख चार सय २७ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या ८२ हजार नौ सय ७८ जना र आकस्मिक सेवा लिने १७ हजार चार सय ४९ जना रहेका छन् । यस्तै सेन्टरको मृत्युदर गत आवमा १ दशमलव ९३ रहेको छ । अधिकांश बिरामी बागमती, मधेस, कोशी र गण्डकी प्रदेश रहेका छन् । सेन्टरका लेखा अधिकृत श्यामसुन्दर साहका अनुसार सरकारबाट प्राप्त अनुदान तथा स्रोतको पछिललो पाँच वर्षको बजेटको तुलनामा गत आव २०७९/८० मा सबैभन्दा बढी बजेट ६१ करोड २३ लाख ३६ हजार नौ सय विनियोजन भएको थियो । सोही आवमा सबैभन्दा बढी अर्थात् ७५ दशमलव १५ प्रतिशतले सेन्टरको वार्षिक आम्दानी वृद्धि भएको छ । आयुर्वेद क्षेत्रको समीक्षा गर्न जरुरी छ : मन्त्री शर्मा  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुकूल धरातलका बीचमा आयुर्वेद क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेकोप्रति गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएकी छन् । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनद्वारा आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले बहुमूल्य जडीबुटी एवं सबै प्रकारका हावापानी उपलब्ध नेपालमा आयुर्वेदको सम्भावना प्रचुर रहेको बताइन् । उनले आयुर्वेद क्षेत्रमा अपेक्षाअनुरुप उपलब्धि हासिल गर्न नसकिएकाले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताइन्। 'प्राकृतिकरूपमा हिमाल, पहाड र तराईमा पाइने सबै प्रकारको हावापानी पाएका छौँ । जटीबुटीका हिसाबले धनी छौँ । हाम्रो सभ्यता र संस्कृतिका हिसाबले पनि नेपालमा मानव सभ्यताको विकास भएपछिको अधिकांश समय हाम्रा पुर्खाले यही जटीबुटीकै भरमा रोगब्याधीसँग लडेर स्वस्थ जीवन बाँच्न सके,' मन्त्री शर्माले भनिन्, 'यस्तो अनुकूल धरातलका बीचमा रहेर पनि हामीले आयुर्वेद स्वास्थ्यका क्षेत्रमा चाहेअनुरुपको उपलब्धि हासिल गर्न सकेनौँ । यसमा हामी गम्भीर समीक्षा गर्न जरुरी छ।'  आयुर्वेदको विकासका लागि व्यापक अनुसन्धानमा जोड दिने र यसलाई नेपाली समाजको जीवनशैली बनाउनतिर ध्यान दिनुपर्ने मन्त्री शर्माको जोड छ । नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रुपमा स्थापित गरेको र राष्ट्रिय नीतिमा आयुर्वेदलाई महत्त्व दिइएको उल्लेख गर्दै उनले नीति र कानुनको अभाव नभए पनि यसको कार्यान्वयन पक्ष भने कमजोरी नै रहेको सबैले स्वीकार गर्नुपर्ने बताए । आयुर्वेद क्षेत्रका समस्या समाधानमा यस क्षेत्रका विज्ञलाई समाधानका उपाय, विकास सम्बन्धमा सूत्रबद्ध हुन आग्रहसमेत गरिन् । पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्त्व र इतिहास छ, यसको तुलनामा आज हामीले यसलाई कति विकास गर्न सक्यौँ भन्ने मूल प्रश्नमा बहस हुन आवश्यक रहेको उनको भनाइ छ । पूर्वीय सभ्यताको अङ्ग र पुस्ताको नासोका रुपमा रहेको आयुर्वेदको यो गौरवपूर्ण विरासतलाई अब आधुनिक प्रविधिसँग जोडेर लैजानुपर्नेमा सञ्चारमन्त्री शर्माले जोड दिइन्। 'हामीले केही प्रयास त पक्कै गरेका छौँ तर पर्याप्त छैन । आयुर्वेदको संस्थागत सेवा र औषधि उत्पादनमा नेपालको जुन गौरवशाली इतिहास छ, यसलाई अब विविधिसँग जोडेर विश्वव्यापीरूपमा यसको पहुँच विस्तार गर्नुपर्छ,' मन्त्री शर्माले भनिन् । सरकारले चालु आर्थिक वर्षमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति अघि सारेको जानकारी दिँदै मन्त्री शर्माले नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा सन्तुलित आहारमा जोड दिई स्वच्छ जीवनशैली अपनाउन अभिप्रेरित गर्ने र खुला योग तथा व्यायामशाला निर्माण, जडीबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्ने पनि सरकारको नीति रहेको स्पष्ट पारिन् । मन्त्री शर्माले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालमा आयुर्वेदको विकासका लागि हुने लगानीको सरकारले सधैं स्वागत गर्ने बतइन् । 'आयुर्वेद तथा जडीबुटी उत्पादन र प्रशोधनको क्षेत्रमा हुने लगानीको स्वागत गर्दै नेपाल सरकार त्यस्ता निकायसँग साझेदारी गर्न तयार छ । आजको यो अन्तर्राष्ट्रिय सम्मेलनबाट पनि नेपाललाई आयुर्वेद क्षेत्रको ‘हब’ बनाउन उल्लेख्य सहयोग पुग्ने अपेक्षा राखेको छु,' उनले भनिन् । सोही समारोहमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्यायले नेपालमा आयुर्वेदको इतिहास पुरानो भए पनि भनेजतिको अन्तर्राष्ट्रियस्तरमा उपस्थिति हुन नसकेको बताए । आयुर्वेद क्षेत्रलाई सरकारले जति प्राथमिकता दिनुपर्ने हो त्यो नहुँदा यस क्षेत्र पछाडि परेको उनको गुनासो छ । फाउण्डेसनका अध्यक्ष विजेन्द्र शाहले भारत, पोर्चुगल, बङ्गलादेश, श्रीलङ्कालगायत देशको उपस्थितिमा मङ्सिर ९ देखि ११ गतेसम्म हुने तीन दिवसीय सम्मेलनमा विभिन्न मुलुकमा भएका आयुर्वेदका ज्ञान, सीप एकअर्कामा आदानप्रदान गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त  गरे । त्यस्तै कीर्तिपुर आयुर्वेद क्याम्पसका प्रमुख डा शिवमङ्गलप्रसाद नेपालले आयुर्वेद र योगको जननी भूमि रहेको बताउँदै आयुर्वेद क्षेत्रमा अध्ययन, अनुसन्धान गरी थप समृद्धि गर्न जरुरी रहेको बताए । आयुर्वेद चिकित्सा परिषद् नेपालका अध्यक्ष सन्तोषकुमार ठकुरले नेपाल आयुर्वेदको उद्गमस्थल रहेकाले यस क्षेत्रको विकास र अनुसन्धानमा ध्यान दिइ यस क्षेत्रको समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिए। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा शिवलाल भुसालले प्राचीन चिकित्सालाई विश्वविद्यालयले आयुर्वेद अध्ययनलाई प्राथमिकता दिने बताए । सम्मेलनको मूल नारा ‘कृत्रिम बुद्धिमताको युगमा आयुर्वेद जीवनशैली प्राप्त गर्नु’ रहेको छ । सो कार्यक्रमबाट व्यक्तिमा शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी ज्ञान हासिल हुने आयोजकले दाबी गरेको छ । रासस

‘मुख्यमन्त्रीज्यू ! आयुर्वेदिक र एलोप्याथिकलाई एकै डालोमा हाल्न मिल्छ र ?’

आयुर्वेदिकलाई विश्वकै प्राचीन चिकित्सा पद्धतिका रूपमा चिनिन्छ । यो चिकित्सा पद्धति मानव स्वस्थ शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्दछ । खासगरी आयुर्वेदमा वाथ, पित्त र कफको सन्तुलन हुन नसक्दा रोग लाग्ने विश्वास गरिन्छ ।मानव जीवनलाई स्वस्थ एवं शान्त राख्न यसले योग, पञ्चकर्म र क्षारसूत्रको प्रवद्र्धनमा जोड दिने गर्दछ । हाम्रो आहार–विहार, सोच र दिनचर्यालाई सही राख्न विशेष जोड दिने प्राकृतिक चिकित्सा पद्धतिलाई सरकारी तहबाटै बेवास्ता गरिएको भन्दै पछिल्लो समयमा त्यसबारे आवाज उठ्न थालेका छन् ।&

पर्यटकको पखाईमा सैनामैना क्षेत्र

महामुनि कपिलको नामबाट चिनिने प्राचीन कपिलवस्तु अनेकौं चिन्तक, साधकका साथै दार्शनिकहरूको जम्मभूमि, कर्मभूमि र साधना क्षेत्रको रूपमा परिचित भएको पाइन्छ । सो क्षेत्र अन्तर्गत सैनामैना पनि सुपरिचित छ । एशियाका तारा वा बुद्धधर्मका प्रतिपादक सिद्धार्थ गौतम बुद्धको इ.पू. ५६३ मा लुम्बिनीमा जन्म हुनु नेपालको लागि गौरवको विषय हो । विभिन्न कालखण्डमा विभिन्न शासकहरूबाट शासन भएता पनि हाल रूपन्देही जिल्लाका स्थानीय तहरूमध्ये सैनामैना नगरपालिका महत्त्वपूर्ण विशेषता र पुरातात्त्विकक सम्पदाका रूपमा रहेको छ । सैनामैना क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विकक धरोहरको रूपमा चिनिएको छ । सैनामैना नगरपालिका शान्तिका अग्रदूत तथा एशियाका तारा गौतम बुद्धको जन्मस्थलदेखि करिब १५ किलोमीटर उत्तर मनोरम चुरे पहाडको काखमा रहेको छ । पर्रोहा र दुधराक्ष गाविस एक आपसमा गाभिन गई २०७१ साल वैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पुनःसंरचनापश्चात् साविकको सालझन्डी गाविस गाभिन गई बृहत् सैनामैना नगरपालिका स्थापना भएको पाइन्छ । सैनामैना नगरपालिका १६२.१८ वर्ग किमि क्षेत्रफलमा फैलिएको भूगोललाई स्थानीय सेवा प्रवाहको पहँुचका दृष्टिले ११ वटा वडा कायम गरी प्रशासनिक संरचना स्थापना भएको पाइन्छ । वि.सं. २०७८ सालको प्रारम्भिक जनगणनाको नतिजा अनुसार सैनामैना नगरपालिकामा महिलाको जनसंख्या ४१ हजार ९३० र पुरुषको जनसंख्या ३६ हजार ५४७ रहेको छ भने कुल जनसंख्या ७८ हजार ४७७ रहेको पाइन्छ । अर्धशहरी क्षेत्रको रूपमा रहेको सैनामैना नगरपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्त्वका क्षेत्रहरू रहेका छन् । यस नगरपालिकाको दक्षिण भागमा बहुसंख्यक आदिवासी थारू जातिको बसोबास रहेको छ भने उत्तरी भेगमा मिश्रित रूपमा विभिन्न जातजातिहरूको बसोबास रहेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विकक महत्त्वका स्थलहरू रहेको यस नगरपालिकाको गहनाको रूपमा ऐतिहासिक पुरातात्त्विकक सैनामैना क्षेत्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग पर्रोहा परमेश्वर बोलबम धाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठमन्दिरहरू, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र आदि रहेका छन् ।  यस नगरपालिकाको अधिकांश क्षेत्र खेतीयोग्य अति उर्बर जमीनले ओगटेको भए पनि पछिल्ला वर्षहरूमा सहरीकरणको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । यहाँ भएका प्रमुख नदीहरूमा घमाहा खोला, सुकौली खोला, बौराहा खोला, तुलबुलिया खोला, इङ्गुरिया खोला, बनरहवा खोला रहेका छन् । धार्मिक स्थलहरूमा पर्रोहा परमेश्वर धाम, मलमला धाम, किराँतेश्वर महादेव मन्दिर, कोटिया थान, कर्साघाट तीर्थक्षेत्र, कोटियामाई मन्दिर, लखनपारा, भैरवनाथ मन्दिर, दुर्गामन्दिर मुर्गिया, रैनादेवी मन्दिर, कालमोचन मन्दिर, दुर्गामन्दिर रामापुर, बुद्धबिहार, बुद्ध सालिक, दुर्गाभवानी मन्दिर बनकट्टा आदि रहेका छन् । त्यसैगरी पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग शिवालय बोलबम धाम महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । भाषा, कला, संस्कृति र परम्पराहरूमा थारु होमस्टे उचडिहवा, गोरवाल कोटियार्मा थान, सत्चिन्तन सामुदायिक प्रतिष्ठान रामापुर, लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय, पदमपाणि आश्रम तथा प्राकृतिक चिकित्सा पद्धति, डिउहार मुडाबाबा, सरोली कुटी आदि यहाँका चिनारी हुन् ।   यसरी यो क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदामा धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि हुन सकेको छैन । यहाँ पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा हुँदै पनि यो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । आन्तरिक पर्यटक पनि प्रशस्त मात्रामा आएको देखिँदैन । यसबाट प्रष्ट हुन्छ, उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक तथा धार्मिक सम्पदाका कारण सैनामैना क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटनको विकास र यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न र त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न अनि पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन बजेटको अभावमा सकिएको छैन । त्यसैले, सैनामैना क्षेत्रको लागि पर्यटकीय संभाव्यता अध्ययन गरी व्यवस्थित पर्यटकीय गुरुयोजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुन सक्छ । सैनामैना नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विकक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धी कार्य स्रोत र साधनले भ्याएसम्म गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि हुन् ।

नेपालमा आयुर्वेद

युर्वेद संस्कृत भाषाबाट निःसृत भएको शब्द हो । यसको प्रख्याति यति छ कि विश्वमा आयुर्वेदलाई नचिन्ने र नबुझ्ने शायदै छन् । यद्यपि यसलाई सम्बोधन गर्न‘पर्दा आआफ्नो भाषामा विभिन्न शब्द चयन हुन सक्छ । आयुर्वेदको अर्थ हुन्छ मानिसको आयुको रक्षा गरी स्वस्थ राख्ने प्राचीन प्रणालीसम्बन्धी ज्ञानको भण्डार । आयुर्वेद विश्वको प्राचीन चिकित्सा पद्धति हो ।

आयुर्वेदिक उपचारका फाइदा

विश्वकै प्राचीन चिकित्सा पद्धति आयुर्वेदका धेरै फाइदा छन् । आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट तयार गरिन्छ ।

यसकारण आयुर्वेदिक उपचार

आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति हो । आयुर्वेदिक औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ । खासगरी

आरोग्य दिवस आज

जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा शनिबार धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ ।