नेपालमा आयुर्वेद

युर्वेद संस्कृत भाषाबाट निःसृत भएको शब्द हो । यसको प्रख्याति यति छ कि विश्वमा आयुर्वेदलाई नचिन्ने र नबुझ्ने शायदै छन् । यद्यपि यसलाई सम्बोधन गर्न‘पर्दा आआफ्नो भाषामा विभिन्न शब्द चयन हुन सक्छ । आयुर्वेदको अर्थ हुन्छ मानिसको आयुको रक्षा गरी स्वस्थ राख्ने प्राचीन प्रणालीसम्बन्धी ज्ञानको भण्डार । आयुर्वेद विश्वको प्राचीन चिकित्सा पद्धति हो ।

सम्बन्धित सामग्री

आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ

आयुर्वेद औषधि उत्पादक संघ अन्तर्गत ४२ वटा उद्योग छन्। औषधि व्यवस्था विभागमा धेरै १०० भन्दा बढी दर्ता छन्। औषधि व्यवस्था विभागभन्दा अगाडि नै नेपालमा आयुर्वेद औषधिका कम्पनी थिए। आयुर्वेद औषधिहरु प्रयोग गरिन्थ्यो।

काभ्रेमा आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

काभ्रेपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।

आयुर्वेद क्याम्पसमा सहमति, खुल्यो ताला

आयुर्वेद क्याम्पसका विद्यार्थीलाई छ महिनासम्म नरदेवी अस्पतालमा इन्टर्नसिप गराइने सहमति भएपछि कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा लागेको ताला खुलेको छ।

आयुर्वेद चिकित्सक संघले अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन गर्ने

संघले नेपालको नेपाल महर्षि वैदिक संस्थाको समन्वय र  अन्तर्राष्ट्रिय आयुर्वेद सम्बन्धी संघसंस्थाहरुको सहयोगमा यो सम्मेलनको आयोजना गर्न लागेको  हो।

त्रिवि आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण

काठमाडौं । त्रिवि आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ । त्रिवि आयुर्वेद क्याम्पसका प्रमुख प्रा. डा. शिवमंगल प्रसाद र ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखाका प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । क्याम्पस तथा अस्पताल […]

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा

विराटनगर महानगरपालिकाले आफ्नै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो।...

मातातीर्थ आयुर्वेद औषधालय आफ्नै भवनमा , पञ्चकर्म सहितको आयुर्वेद सेवा दिने

चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो ।भवनको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जडिबुटीको प्रशोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै नगर

खोटाङका चार पालिकामा आयुर्वेद औषधालय

खोटाङका चार पालिकामा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । आयुर्वेदिक पद्धतिको स्वास्थ्योपचार सेवालाई विस्तार गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले चार पालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।पछिल्लो पटक दिप्रुङ–चुइचुम्मा गाउँपालिका–६, छितापोखरीस्थित पञ्चमी बजारमा सञ्चालनमा ल्याइएको आयुर्वेद औषधालयले आइतबारबाट सेवा सुरु गरेको छ । यसअघि एँेसेलुखर्क, केपिलासगढी र साकेला गाउँपालिकामा आयुर्वेद औषधालय […]

छैटौँ आयुर्वेद दिवस मनाइयो

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँ र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा “आरोग्य सप्ताह” को आयोजना गरेको छ । उक्त सप्ताहव्यापी उत्सवको अवसरमा “आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती” शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका